जीटीए क्षेत्रमा भएको भ्रष्टाचारको राज्यले जाँच गराउने

IMG-20260529-WA0061

यसको लागि मुख्यमन्त्री शुभेन्दु अधिकारीले सात दिनभित्रमा मागे रिपोर्ट

दार्जिलिङ: दार्जिलिङ पहाडमा अमृत योजनामा भएको धाँधली अनि जीटीएमा भएको भष्टचारको जाँच राज्य सरकारले गराउने भएको छ। मुख्यमन्त्री सुभेन्दु अधिकारीले आज नवान्नमा दार्जिलिङका सांसद राजु विष्ट तथा गोर्खा जनमुक्ति मोर्चाको अध्यक्ष बिमल गुरूङ र महासचिव रोशन गिरीसितको बैठकपछि पत्रकारहरूलाई सम्बोधन गर्दै उक्त कुरा बताएका छन्। उनले मिरिक, खरसाङ र कालेबुङ नगरपालिकामा भएका अनियमितताको पनि जाँच गरिने बताए। यसका लागि राज्यका सम्बन्धित नगरपालिका सचिव र गृह सचिवले चाँढै दार्जिलिङको भ्रमण गर्ने पनि बताएका छन्। उनले सम्बन्धित महकुमा शासकहरूले चुनाव नभइञ्जेल यी नगरपालिकाहरूको प्रशासकको रूपमा काम थालेको बताए। उनले दार्जिलिङ पहाडका बन्द १० वटा चिया बगानहरूलाई खोलाउने तथा त्यहाँका श्रमिकहरूको हित रक्षा गरिने पनि बताएका छन्।

उनले तराई डुवर्स र दार्जिलिङ पहाडका चिया श्रमिकहरूले न्याय पाउने पनि बताए। उनले कालेबुङमा एउटा मेडिकल कलेज खोलिने र यसका लागि कालेबुङ जिल्ला शासकलाई स्थानीय विधायक र सांसदसित परामर्श गरी जमीन चिन्हित गर्ने निर्देश दिइएको समेत बताएका छन्।

About Author

Advertisement