तीनधारेको ब्लु डायमण्ड अंग्रेजी स्कूलमा क्विज प्रतियोगिता सम्पन्न

IMG-20260529-WA0058

खरसाङ: खरसाङ महकुमा अन्तर्गत तीनधारेको ब्लु डायमण्ड अंग्रेजी स्कूलमा विद्यार्थीहरुलाई लिएर क्विज प्रतियोगिता सम्पन्न भएको छ। उक्त प्रतियोगिता विद्यालयका प्राचार्य रबि सुब्बा, प्रोप्राइटर प्रल्हाद रसाइली, स्कूल सञ्चालन समितिको सभापति रञ्जनकुमार रसाइली, सदस्य सुरेशचन्द्र दर्नाल, शिक्षक शिक्षिकाहरु, अशिक्षणकर्मी, अभिभावकहरु र विद्यार्थीहरुको उपस्थितिमा सम्पन्न भएको छ।

स्कूलकी प्रभारी शिक्षिक कविता मुखियाले सञ्चालन गरेको क्विज प्रतियोगितामा स्कूलको दोस्रोदेखि चौथो श्रेणीसम्मका विद्यार्थीहरुले भाग लिएका‌ थिए। यसमा विभिन्न हाउसहरु जस्तै रेड हाउस, येल्लो हाउस, ग्रीन हाउस र ब्लु हाउस गरेर विभाजन गरेर आयोजना गरिएको थियो। यस क्विज प्रतियोगितामा विद्यार्थीहरुलाई जम्मा तािन राउण्डसम्म विभिन्न प्रश्नहरु सोधिएको थियो। यस क्विज प्रतियोगितामा प्रथम ब्लु हाउस बनेका थिए भने दोस्रो रेड हाउस बनेका थिए।

प्रतियोगितामा प्रथम र दोस्रो हुने विद्यार्थीहरुलाई आकर्षक ट्रफि साथै प्रतियोगितामा सहभागी सबै विद्यार्थीहरुलाई मेडल र प्रमाणपत्र प्रदान गरिएको जानकारी स्कूलका प्राचार्य रबि सुब्बाले गराएका छन्।

About Author

Advertisement