जम्मू-कश्मीरको गुलमर्गमा ५.२ तीव्रताको भूकम्प

eq_808

गुलमर्गः जम्मू-कश्मीरको गुलमर्गमा शनिवार भूकम्पको झट्का महसुस गरियो। रिक्टर स्केलमा यसको तीव्रता ५.२ मापन गरियो। कुनै प्रकारको क्षय-क्षति भएको समाचार प्राप्त भएको छैन।

नेशनल सेन्टर फर सिस्मोलजीले बताए अनुसार कश्मीर उपत्याकाको गुलमर्गमा बिहान लगभग ८.३६ बजे ५.२ तीव्रताको भूकम्प आयो। यसको गहिराई जमीनदेखि १२९ किमी तल दर्ता गरियो भने यसको केन्द्र क्रमशः अक्षांश ३५.४६ र देशान्तर ७३.३२ -मा पाइयो। भूकम्पको झट्का महसुस हुनसाथ अधिकांश मानिसहरू डरले आत्तिएर आ-आफ्नो घर-पसल छोड़ेर बाहिर आए अनि धेरै बेरसम्म बाहिरै बसे।

-हिस

About Author

Advertisement