नुंह हिंसाः सीआईडी इन्स्पेक्टरको भायरल भीडियोले पुलिस सूचना तन्त्र प्रश्नहरूको घेरामा

nat-2

चण्डीगढ़ः हरियाणाको नुंहमा भएको हिंसा पश्चात एकजना सीआईडी इन्स्पेक्टरको भायरल भीडियोले पुलिस सूचना तन्त्रमाथि प्रश्नहरू तेर्साएको छ। यस भीडियोमा दाबी गरिएको छ, हिंसा शुरू हुनअघि नै तिनीकहाँ इनपुट आइसकेको थियो। तिनले उच्च अधिकारीहरूलाई सूचित पनि गरेका थिए।

सनसनीपूर्ण उक्त भीडियोलाई लिएर उच्च अधिकारीहरूको भनाइ छ, भीड़ मात्र जुट्ने इनपुट प्राप्त भएको थियो। व्यापक रूपमा दङ्गा हुने कुनै इनपुट थिएन। परस्पर विरोधी दाबीहरूबीच हरियाणाका गृहमन्त्री अनिल विजले आज भने, एक स्टिङ्ग अपरेशनको भीडियो भायरल भएको छ। यसको जाँचको लागि गृहसचिव समक्ष पठाइएको छ। उनको भनाइ छ, इन्स्पेक्टरले इनपुट कुन अधिकारीसित साझा गरे अनि ती अधिकारीले किन कारबाही गरेनन् यस सम्बन्धमा गृहसचिवसित रिपोर्ट मागिएको छ।

-हिस

About Author

Advertisement