काशीमा मोहन भागवतले शङ्कराचार्य विजयेन्द्र सरस्वतीसित भेट गर्नेछन्

nat-2

वाराणसीः राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस)-का सरसङ्घचालक डा. मोहनराव भागवतले आइतवार वाराणसीमा काँची पीठका शङ्कराचार्य स्वामी शङ्कर विजयेन्द्र सरस्वतीसित भेट गर्नेछन्। सरसङ्घचालकले शिवालास्थित चेतसिंह किल्ला परिसरमा चातुर्मास्य गरिरहेका शङ्कराचार्य स्वामी शङ्कर विजयेन्द्र सरस्वतीसित धार्मिक अनुष्ठानमा भाग लिनेछन्।

मोहन भागवतको कार्यक्रमलाई मध्यनजर गर्दै जिल्ला प्रशासनका अधिकारीहरू तथा सङ्घको काशी प्रान्तका पदाधिकारीहरू सुरक्षा व्यवस्थालाई लिएर सतर्क भएका छन्। त्यस दिन सङ्घ प्रमुखले सिगरास्थित प्रान्त कार्यालयमा रात्रि विश्राम गर्ने बताइएको छ। यसअघि सरसङ्घचालक गत १८ जुलाईको दिन काशीको पॉँच दिवसीय प्रवासमा आएका थिए। पाँच दिनको प्रवास अवधि उनले वाराणसी सहित केही जिल्लाहरूमा सन्तहरूको सानिध्यमा धार्मिक अनुष्ठानमा सहभाग गरेका थिए।

-हिस

About Author

Advertisement