सोनादा: सोनादाको नाली चउलस्थित पचास बिघा बस्ती निवासी प्रणय पोख्रेल ढल्न लागेको घरमा एक्लै बस्न बाध्य छन्। आमा सानैमा बेपत्ता भएको अनि पिता पनि २०१२ मै बितेपछि अहिले उनी एक्लै झिप्रो घरमा बस्न बाध्य छन्। सबैको घर बनियो तर प्रणय पोख्रेलको घर बनाई दिनलाई। सरकार, स्थानीय प्रशासनको व्यवस्था, पार्टी, विकास बोर्ड कसैले पनि प्रणय पोख्रेलको घर बनाउन महत्वपूर्ण ठानेनन्। उनी अहिले भत्किसकेको झुप्रो घरमा बस्छन् जसको खम्बाहरू पनि मक्किसकेका छन् अनि कुनै पनि समय घर ढल्न सक्ने देखिएको छ। प्रणय पोख्रेलले आफ्नो घर निर्माणको लागि यता उता गुहार नलगाएको पनि होइन। तर सुन्ने चैं अहिलेसम्म केही भएको छैन। प्रणय पोख्रेलले आफ्नो घर बनाउन राजनैतिक पार्टीहरू र नेताहरू, पञ्चायत, जीटीए व्यवस्था, सरकार र खस विकास बोर्डलाई पनि निवेदन गरेकै हुन् तर कसैले उनको घर बनाउनलाई पहल समेत नगरिदिएको उनको भनाई छ।

प्रणयले विभिन्न प्रकारले विभिन्न ठाउँहरूमा घर बनाई मांग्दै निवेदन गर्दै कागज पत्रहरू बुझाएकै हुन् तर अहिलेसम्म पनि कसैले बनाई दिएन। सबैले घर आउँछ मात्र भन्छ तर वर्षौं बितेर पनि घर आएन भनी गुनासो पोख्छन् प्रणय पोख्रेल। उनले खस बोर्डलाई पनि कत्ति निवेदन गरेको तर टेर पुच्छर नलगाएको आरोप उनले लगाएका छन्। घर ढल्ने अवस्था रहेको तर केवल छवटा च्यादरहरू दिने अनि पञ्चायतबाट केवल तारपोलिन दिएर टार्ने गरेको बताउँछन् प्रणय पोख्रेल। त्यसैले यसपाली मिडिया सामु आएर एक्लो बस्दै आएका प्रणयले विभिन्न राजनैतिक दलहरू, नेताहरू, जीटीए, पञ्चायत, खस विकास बोर्ड समक्ष आफ्नो बनाई दिने निवेदन गरेका छन्।











