कालेबुङ: कालेबुङमा भारतीय जनता पार्टीद्वारा विजय उत्सव ऱ्यालीको आयोजना गरेको छ। भारतीय जनता पार्टीका उम्मेद्वार भरत छेत्रीले जीत हासिल गरेपछि आज विधायक भरत छेत्रीद्वारा मतदाताहरूलाई आभार व्यक्त गर्न विजय जुलुसको आयोजना गरिएको थियो। कालेबुङको नौ माइल जङ्गवीर सापकोटाको सलिगबाट आरम्भ भएको बिजय ऱ्यालीले शहर परिक्रमा गर्दै मेला ग्राउन्डमा आएर पथ सभामा परिणत गरिएको थियो।

विजय हासिल गरेपछि समर्थकहरुको व्यापक उपस्थिति रहेको देखियो। विधायक भरत छेत्रीसँगै लोकसभा सांसद राजु बिष्टको पनि सहभागिता रहेको थियो।










