यसपालीको जीत भनेको गोर्खाहरुको जीत हो, कुनै राजनैतिक दलको जीत होइन: भुपेन गुरुङ
सोनादा: गोर्खा राष्ट्रिय मुक्ति मोर्चा रंगबुल धोतरिया रंगबुक समष्टि साथै सोनादा पचेङ्ग समष्टिको संयुक्त आयोजनामा गरिएको सांगठनिक सभामा रंगबुक चियाबारीको बीच गाउँबाट विभिन्न राजनैतिक पार्टीबाट १२ घर परिवार गोरामुमोमा सामेल भएको जानकारी प्राप्त भएको छ। रंगबुल धोतरिया रंगबुक समष्टि सचिव वासु छेत्रीकोअध्यक्षतामा सम्पन्न भएको सांगठनिक सभालाई प्रनित थापाले संचालन गरेका थिए। सभामा गोरामुमोमा सामेल भएका नयाँ सदस्यहरुलाई खदा लगाएर स्वागत जनाउदै बधाई दिएका छन्। यस अवसरमा आफ्नो सम्बोधन राख्दै सोनादा पचेङ्ग समष्टि अध्यक्ष भुपेन गुरुङले भने, यसपालीको जीत भनेको गोर्खाहरुको जीत हो। कुनै राजनैतिक दलको जीत होइन। जनताले गोर्खाहरुको राजनैतिक समाधानको निम्ति बिजयी बनाएका हुन्। यहाँ कसैको हार भएको छैन। अब डबल इन्जिनको सरकार बनेको छ। पहिला केन्द्रमा अर्कै सरकार, राज्यमा अर्कै सरकार थियो। यसकारण तपाईं हामीलाई असुबिधा थियो। अब सजिलो भएको छ।’
उनले अघि भने, ‘गृहमन्त्री अमित शाहले गोर्खाहरुको निम्ति संवैधानिक ब्यवस्था चाडैं दिने भनेर घोषणा गरिसकेका छन्। अब तपाईं हामी एक हुनुपर्छ नानाथरीको कुरामा भुलिनु हुँदैन।’
भुपेन गुरुङले अझ भने, ‘तपाईंहरुमा गोरामुमोमा सामेल हुनु भएको छ। गोरामुमो भनेको मुद्दा बोकेर हिँडेको दल हो। तपाईंहरुले मुद्दालाई समर्थन जनाउनु भयो। यसरी नै अब सबैजना गोरामुमोमा आउनुपर्छ। हाम्रो ढोका सदैव खुल्ला रहने छ।’
यस सांगठनिक सभामा गोरायुमो रंगबुल धोतरिया रंगबुक समष्टि अध्यक्ष बिकास सुब्बा, गोरामुमो सोनादा टाउन कमिटी अध्यक्ष रुस्तम छेत्री, निर्मल लाई, निमा लामा नयाँ कमान शाखा अध्यक्ष सदेव गुरुङ लगायत शाखाका प्रतिनिधिवर्ग उपस्थित रहेका थिए।











