जनगणना २०२७: सिलगढीमा ‘स्व-गणना’ अभियानको औपचारिक शुभारम्भ

FB_IMG_1785608720363

मन्त्री डा. शङ्कर घोषद्वारा आफ्नै निवासबाट सुरुवात

सिलगढी: ‘जनगणना २०२७’ अन्तर्गत सिलगढी क्षेत्रमा अनलाइन स्व-गणना अभियानको औपचारिक शुभारम्भ गरिएको छ। पश्चिम बङ्गाल सरकारका पर्यटन तथा संसदीय मामिला मन्त्री डा. शङ्कर घोषको निवासबाट यस अभियानको सुरुवात गरिएको हो।
​मन्त्री डा. घोषले आफैँ आफ्नो विवरण भरेर ‘स्व-गणना’ गर्दै अभियानको उद्घाटन गरेका छन्। सो अवसरमा उनले सिलगढीका नगरवासीका साथै सम्पूर्ण पश्चिम बङ्गालका नागरिकहरूलाई स्व-गणना प्रक्रियामा सक्रिय रूपमा सहभागी हुन र यसको महत्त्व बुझ्न आह्वान गरे।
​सिलगढी नगर निगमले प्रत्येक घरपरिवारका कम्तीमा एक जना सदस्यलाई अनिवार्य रूपमा स्व-गणना गर्न अनुरोध गरेको छ। यो सुविधा ०१ अगस्ट २०२६ देखि १५ अगस्ट २०२६ सम्म खुला रहनेछ।
​आफ्नो विवरण अनलाइन दर्ता गरेपछि प्राप्त हुने ११ अङ्कको ‘एसई आईडी’ नम्बरलाई सुरक्षित राख्न र पछि घरमा आउने गणकहरूलाई बुझाउन नगर निगम तथा जनगणना निर्देशनालयले सबैमा अपिल गरेको छ।

About Author

Advertisement