दार्जिलिङ: ११ जनजातिको माग शीघ्र सम्बोधनको माग गर्दै गोर्खा भारतीय जनजाति महासंघको शान्तिपूर्ण र्याली आईतवार दार्जिलिङमा सम्पन्न भएको छ। ११ जनजातिको माग शीघ्र पूरा गर्नुपर्ने मागसहित गोर्खा भारतीय जनजाति महासंघले आज दार्जीलिङमा शान्तिपूर्ण र्याली आयोजना गरेको छ। उक्त ऱ्याली दार्जीलिङको रेलवे स्टेशनबाट शुरु भएर शहर परिक्रमा गरेर चौरास्तासम्म पुगेर पथ सभामा परिणत भएको छ। यस ऱ्यालीमा महासंघका पदाधिकारी, सदस्य तथा समर्थकहरूको सहभागिता रहेको थियो। यस र्यालीमार्फत ११ जनजातिको मागलाई केन्द्र तथा राज्य सरकारसमक्ष शीघ्र सम्बोधन गर्न आग्रह गरिएको थियो। सहभागीहरूले जनजातिको अधिकार, पहिचान र संवैधानिक मान्यताको मागलाई प्राथमिकताका साथ अघि बढाउनुपर्नेमा जोड दिएका थिए। महासंघले लामो समयदेखि उठाउँदै आएको ११ जनजातिको मागमा सरकारले सकारात्मक पहल गर्दै चाँडो निर्णय लिनुपर्ने माग गरेको छ।

११ जात गोष्ठीलाई लिएर आयोजना गरिएको ऱ्याली विषयमा पत्रकारहरुसित कुराकानी गर्दै भारतीय जनजाति महासंघको महासचिव अमीट थापाले ११ जात गोष्ठीहरुलाई लिएर गठित भारतीय जनजाति महासंघको आयोजनामा छुटेको ११ जात गोष्ठीहरुलाई शीघ्र जनजातिको दर्जा दिनु पर्ने र ११ जात गोष्ठीको मागलाई सरकारले शीघ्र समाधान गर्नु मागमा आईतवार दार्जिलिङमा ऱ्यालीको आयोजना गरिएको जानकारी गराएका छन्।





