सुकमा/रायपुरः छत्तीसगढ़को सुकमा जिल्ला अन्तर्गत भेजी थाना क्षेत्रमा दंतेशपुरमको जङ्गलमा सोमवार बिहान सुरक्षाबलहरूसित भएको भिडन्तमा दुई इनामी नक्सली (पति-पत्नी) मारिएका छन्। एक नक्सलीमाथि आठ लाख र अर्कामाथि तीन लाख रूपियॉं इनाम घोषित थियो।
पुलिस सूत्रहरू अनुसार, पुलिस अधीक्षक सुनीलको नेतृत्वमा सर्चिङमा निक्लिका जवानहरूले नक्सलीहरूको हमलालाई विफल गरिदिए। यस अवधि भएको भिडन्तमा गुल्लापल्ली एसओएस कमाण्डर मडकम अर्रा र उनकी पत्नी पोडियम अर्रा मारिए। मडकममाथि आठ लाख र पोडियममाथि तीन लाख रूपियॉं इनाम घोषित थियो। घटनास्थलबाट हतियार तथा अन्य सामग्रीहरू पनि भेटिएका छन्। नक्सलीहरू विरूद्ध सुरक्षाबल र पुलिसको अभियान जारी छ।









