तिरुवनन्तपुरमः केरलको मलप्पुरम जिल्लाको तनूर क्षेत्रमा ओट्टुम्पुरम छेउ आइतवार सॉंझ तुवाल समुद्र तटमा एउटा नाउॅं डूब्यो। यस दुर्घटनामा २२ जनाको मृत्यु भयो। मृतकहरूमा नौजना नानी पनि समेल छन्।
जानकारी अनुसार, नाउॅंमा कति जना थिए, यो अहिले स्पष्ट भएको छैन। तर, ३९ टिकट बिक्री गरिएको बताइएको छ। उक्त जानकारी पुलिसले दिएको हो। राष्ट्रपति द्रोपदी मुर्मू र उपराष्ट्रपति जगदीप धनखड़ले दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले शोक समवेदना जारी गर्दै पीएम राहत फण्डबाट मृतकहरूका परिवारलाई दुई-दुई लाख रूपियॉं दिने घोषणा गरेका छन्। केरलका मुख्यमन्त्री र कांग्रेस नेता राहुल गान्धीले पनि नाउॅं दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्।
पुलिस अनुसार, नौ यात्रीलाई निजी तथा सरकारी अस्पतालमा भर्ती गरिएको छ। चारजनाको स्थिति गम्भीर रहेको छ। बचाउ अभियान जारी रहेको छ। तनूर निवासी नाउॅं मालिक नासिर भागेका छन्। उनी विरूद्ध हत्याको आरोपको मामिला दर्ता गरिएको छ। नाउॅं यात्राको निम्ति अनुकूल थिएन। माछा समात्ने नाउलाई परिवर्तित गरेर पर्यटनको निम्ति प्रयोग गरिॅंदै थियो। यस घटनालाई लिएर केरल सरकारले एक दिनको राजकीय शोक घोषणा गरिएको छ। मुख्यमन्त्री पिनाराई विजयनले दुर्घटनाप्रति शोक व्यक्त गरेका छन्।









