नेपालमा सांसद अमरेशकुमार सिंह संसदको बैठकमै नाङ्गिए

aa1b9177-54a7-438b-a575-ed71c14203bf-1

काठमाण्डौँः नेपालमा सांसद अमरेशकुमार सिंह संसदको बैठकमै नाङ्गिएका छन्। आज सोमवार संसदको बैठक चलिरहँदा उनले कपडा फुकालेर नाङ्गिएका हुन्। संसदको बैठक शुरु हुनासाथ आफूलाई बोल्न नदिएको भन्दै सिंहले कपडा उतारेका हुन्। सिंहले कपडा फुकालेपछि सभामुख देवराज घिमिरेले असभ्य व्यवहार नदेखाउन चेतावनी दिएका थिए।

त्यसपछि उनले पुनः कपडा लगाएका थिए। अमरेशको कदमको विभिन्न दलका सांसदहरुले विरोध गरेका छन्। अमरेशकुमार सिंह २० नोभेम्बर, २०२२ को चुनाउमा स्वतन्त्र उम्मेदवारका रुपमा सर्लाही क्षेत्र नम्बर ४ बाट निर्वाचित हुन्। विगतमा नेपाली काँग्रेसबाट चुनाउ जित्दै आएकामा टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी थिए।

About Author

Advertisement