चुनावको लागि चुनाउ कर्मीहरु घोडा चढेर पुगे राज्यकै सुदुरवर्ती समानदेन फरेस्ट क्षेत्रमा

IMG-20260422-WA0073

दार्जिलिङ: पश्चिम बंगाल राज्यकै सुदुरवर्ती बुथहरु एक रिम्बिक लोधोमा क्षेत्रको सिरिखोला डाडागाउँ ग्राम पन्चायत अधीनस्थ पर्ने समानदेन फरेस्ट प्राथमिक पाठशाला २३/०४ बुथमा चुनाव सम्पन्न गर्न चुनाव अधिकारीहरु पुगेका छन्। दार्जिलिङ जिल्ला मुख्यालयबाट सवारी साधनको माध्यमबाट मंगलवार हिँडेका अधिकारीहरु बेलुकी रमाम प्राथमिक पाठशालामा बास बसेपछि बुधबार बिहानै घोडचढीमा हिडेका थिए भने लगभग दश किलोमीटर घोडचढी ग्रामवासीहरुलाई सहज रूपमा मतदान गराउन चुनाव केन्द्रमा पुगेका छन्।

जहाँ उनले सहज रूपमा चुनाव सम्पन्न गराएपछि उनीहरू भोलि नै सकेसम्म घोडाकै सहयोगमा रमामसम्म आई बास बस्नेछन् भने आगामी २४ तारीख मात्रै चुनाव सम्पन्न गरेर अधिकारीहरु जिल्ला मुख्यालय दार्जिलिङ आइपुग्ने छन्।

About Author

Advertisement