खरसाङ (1 सेप्टेम्बर): भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ टाउन कमिटीद्वारा संगठनलाई सुदृढ़ बनाउने कार्यलाई अघि बढाउँदै मंगलवार खरसाङ टाउन कमिटीका अध्यक्ष बीरबल पाख्रिनकोे अगुवाईमा खरसाङ महकुमा पार्टी कार्यलयमा असंगठित श्रमिक सँगठनका मूल सचिव शरण विश्वकर्मकोे अध्यक्षतामा सभा सम्पन्न भयो। सभामा खरसाङ क्षेत्रका श्रमिकहरुले आ आफ्नाे कार्य क्षेत्रमा भोग्नु परिरहेकोे समस्याहरुलाई लिएर चर्चा गरियो। चुनाव परिणामपछि भागोप्रमो असंगठित श्रमिक संगठनका अध्यक्ष एल्जिन ब्राह्मणले आफ्नो पद लगायत भागोप्रमोकोे सदस्या वाट राजीनामा दिएपछि पनि श्रमिकहरूलाई सहयोग पुराउन हेतु कार्य गर्न असुविधा भए पनि आजकोे दिनसम्म संगठनलाई चलाई रहेको जानकारी मूल सचिव शरण विश्वकर्माले सभामा जानकारी दिँदै हामी अनित थापाको मान्छे हौं र आउँदो दिनमा एउटा सभा आयोजना गरेर पूनः सुचारु रूपमा संगठनलाई मजबुती दिन पूर्ण कमिटी गर्ने छौ।’ सभामा खरसाङ टाउन कमिटीका अध्यक्ष बीरबल पाख्रिनले श्रमिकहरुको समस्यासँग पूर्ण अवगत छु। किनभने म स्वयम् पनि लेबर यूनियन गरेर आएको हुँ भने साथै आउँदो दिनमा श्रमिकहरूले भोगिरहेको समस्या साथै श्रमिक संगठनलाई सहयोग गर्न हेतु टाउन कमिटी श्रमिक संगठनसँग खडा रहनेछ। पूर्ण सहयोग गरिदिने भरोसा दिँदै छरपस्ट भएका श्रमिकहरुलाई एकत्रित गरेर यथा शीघ्र एउटा सभाको माध्यम बाट कमिटी गठन गर्ने सुझाव दिए। सभामा टाउन कमिटीका मूल सचिव राजु सेवा, राकेश बम्जनले वक्तव्य राखे भने सभामा विशेष रूपमा दिपेन तामाङ उपस्थित थिए।





