चारवटा चिया बगानहरुलाई प्रतिनिधित्व गर्ने डीटीडीपीएलयु कोअर्डिनेशन समितिको सभा

875667cf-00e6-474b-a4c6-3c78515419c6

सोनादा (1 सेप्टेम्बर ): गोर्खा जनमुक्ति मोर्चा भ्रातृ सङ्गठन दार्जिलिङ तराई डुवर्स प्लान्टेशन लेवर युनियन सोनादा पचेङ समष्टि अन्तर्गत पर्ने चारवटा चिया बगानहरुलाई प्रतिनिधित्व गर्ने कोअर्डिनेसन समितिको सभा पार्टी कार्यालयमा प्रणाम राईको सभापतित्वमा सम्पन्न भएको छ। सभामा डीटीडीपीएलयू केन्द्रिय सभापति सुरज सुब्बा साथै कोषाध्यक्ष प्रभाकर राईको विशेष उपस्थित रहेको थियो। सभामा समष्टि सभापति शंकर तामाङ, नारी मोर्चा सभापति साथै नारी मोर्चा शाखा प्रतिनिधिको पनि उपस्थिति थियो। सभामा बगानको श्रमिकहरुको विविध समस्याहरू साथै बन्द चिया बगानको विषयमा लामो चर्चा परिचर्चा गरिएको जानकारी प्राप्त भएको छ। सभामा 2026 सालको बोनस 20 प्रतिशतले दिनुपर्छ र योभन्दा कम्तीमा सम्झौता हुनेछ हाम्रो मांग हो भनी माग राखिएको छ। कोअर्डिनेशन कमिटीले युनिट गठन गरेर श्रमिकहरुको हितमा कार्य वहन गर्ने सभामा निर्णय लिइएको जानकारी गोजमुमो सोनादा पचेङ समष्टिको प्रचार प्रसार सचिव
रमेश राईले जानकारी दिएका छन्।

About Author

Advertisement