पीसीबी-मा चयनकर्ता पदबाट राजीनामा दिए मिस्बाहले

2a5643a4-e1cc-4442-b8f7-4354f2f101da

नयाँ दिल्ली: ईंग्ल्याण्डविरुद्ध टेस्ट सीरीज गुमाएपछि पाकिस्तानी क्रिकेटमा विवादको क्रम शुरु भएको छ। टोली र कोचिंग स्टाफहरूमा व्यापक फेरबदलपछि पूर्व कप्तान मिस्बाह उल हकले पाकिस्तान पुरुष क्रिकेट टोलीको चयन समितिका सदस्य पद छोड़ेका छन्। पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)-ले टेस्ट टोली र कोचिंग स्टाफमा ठूलो फेरबदल गरेपछि मिस्बाहले यस्तो कदम उठाएका छन्। पाकिस्तानले ईंग्ल्याण्ड यात्रामा जारी ३ वटा टेस्ट म्याचको सीरीजमा पहिलो २ वटा टेस्ट निराशाजनक तरिकाले हारेको छ। पीसीबी-ले दबाउमा आएर सोमवार अप्रत्याशित फसेला लिँदै ईंग्ल्याण्डविरुद्ध तेस्रो तथा अन्तिम टेस्ट म्याच अघि ७ जना खेलाड़ीलाई स्वदेश बोलाएर ७ जना नयाँ खेलाड़ीलाई टोलीमा सामेल गरेको थियो। पीसीबी-ले मोहम्मद रिजवान, इमाम उल हक, सलमान अली आगा, अली उस्मान, आमिर जमाल, मुहम्मद अवैस जफर र खुर्रम शहजादलाई टोलीबाट रिलीज गरेको थियो। यसको साथमा बोर्डले मुख्य प्रशिक्षक सरफराज अहमद र बलिंग प्रशिक्षक उमर गुललाई पनि पदबाट हटाएको थियो। यी दुईजनाको स्थानमा क्रमशः माइक हेसन र एश्ले नफ्केलाई नियुक्त गरिएको छ। तेस्रो तथा अन्तिम टेस्ट म्याच ९ सेप्टेम्बरदेखि खेलिनेछ। टोलीमा सामेल ७ जना नयाँ खेलाड़ीहरू साइम अयूब, अब्दुल्ला फजल, अराफात मिन्हास, साद बेग, मुहम्मद रन्धावा, रजाउल्लाह र मुहम्मद इमरान जूनियर हुन्। रिपोर्टअनुसार, पीसीबी-ले अहिलेसम्म मिस्बाहको राजीनामा स्वीकार गरेको छैन। मिस्बाहले यसको साथमा लाहौर स्थित राष्ट्रिय क्रिकेट एकाडमीको ब्याटिंग सल्लाहकार पद पनि छोड़ेका छन्। २०१७-मा पाकिस्तानका सबैभन्दा सफल टेस्ट कप्तानको रूपमा खेलबाट सन्न्यास लिएपछि मिस्बाहले गत केही सालहरूमा पीसीबी-मा विभिन्न पदहरूमा काम गरेका छन्। उनलाई २०१९-मा मुख्य प्रशिक्षक अनि पछिबाट मुख्य चयनकर्ता बनाइएको थियो। उनले प्रशिक्षकको करियरमाथि ध्यान दिन अक्टोबर २०२०-मा मुख्य चयनकर्ताको पद छोड़ेका थिए। उनले २०२१-मा मुख्य प्रशिक्षक पद पनि छोड़ेका थिए। त्यसपछि २०२३-मा उनी सल्लाहकारको रूपमा पीसीबी-मा फर्किएका थिए।

About Author

Advertisement