खरसाङ: खरसाङ खण्ड अन्तर्गत घैयाबारी ग्राम पञ्चायत दुई र घैयाबारी ग्राम पञ्चायत तीनका भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको पञ्चायत प्रधान, उप प्रधान र पञ्चायत सदस्य सदस्याहरु र पञ्चायत समिति सदस्य सदस्याहरुलाई लिएर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको सभा सम्पन्न भएको छ। उक्त सभा घैयाबारी ग्राम पञ्चायत दुईको चुनभट्टीस्थित सार्वजनिक भवनमा सम्पन्न भएको छ। सभामा खरसाङ पञ्चायत समिति सभापति अनु छेत्री अनि भक्तिमान तामाङको उपस्थितिमा सम्पन्न भएको छ। सभामा घैयाबारी दुई अनि घैयाबारी तीनका पञ्चायत प्रधान, उप प्रधान, पञ्चायत सदस्य सदस्याहरु र पञ्चायत समिति सदस्य सदस्याहरु उपस्थित रहेका थिए। सभामा पश्चिम बङ्गालमा भाजपाको सरकार बनेपछि अब पञ्चायतलाई कसरी सुचारु रुपमा अझ बलियो बनाउने अनि पञ्चायतद्वारा ग्रामवासीलाई विकासको कार्यजरु कसरी गर्ने बिषयमा चर्चा परिचर्चा गरिएको छ। सभामा खरसाङ पञ्चायत समितिकी सभापति अनु छेत्री, कर्माध्यक्ष दावा वाङ्दी लामा, पञ्चायत प्रधान, उप प्रधान, पञ्चायत समिति सदस्य र पञ्चायत सदस्यहरुले आफ्नो मत राख्दै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको पञ्चायत बोर्डलाई बलियोसितले राख्ने र अन्य कुनै पार्टीमा नजाने निर्णय गरेको जानकारी प्राप्त भएको छ।









