सोनादा पचेङ समष्टिमा गोरामुमोको सांगठनिक गतिविधि तीब्र

IMG-20260522-WA0065

सोनादा: गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले विधानसभा चुनावपछि आफ्नो सांगठनिक गतिविधिलाई पहाडमा सक्रिय रुपमा अघि लगिरहेका छन्। यसै क्रममा खरसाङ ब्राञ्च कमिटी अन्तर्गत सोनादा पचेङ्ग समष्टिमा रहेको निम्न सोनादा भाङबारी शाखाबाट २० घर परिवारहरु गोरामुमोमा सामेल भएका छन्। भाङबारी सार्वजनिक भवनमा सुरेश राईको अध्यक्षतामा भएको समर्थन कार्यक्रमलाई प्रनित थापाले संचालन गरेका थिए। सभामा गोरामुमो कर्मठ सदस्य भाङबारी निवासी स्वर्गीय अबिन तामाङको निधनमा एक मिनटको मौन धारण गर्दै सांङ्ठनिक सभालाई अघि बढाएको जानकारी प्राप्त भएको छ। समष्टि प्रवक्ता रुस्तम छेत्रीले स्वागत सम्बोधन गर्दै नयाँ सदस्यहरुलाई बधाई अनि शुभकामना दिएका छन्।गोरामुमो सोनादा टाउन कमिटी सदस्य शुद्ध तामाङले नयाँ सदस्यहरुलाई सम्बोधन गर्ने क्रममा भने, अब २००७ को जस्तो घटना दोहोरिनु हुँदैँन। समय पनि अब सही भएको छ। अबको नयाँ पुस्ताले दु:ख पाउनु हुँदैन। हाम्रो भावी पिढिले हामीले जस्तो दु:ख भोग्नु हुँदैन। यसकारण सबै एक भएर अगि बढनुपर्छ। अब डबल इन्जिनको सरकार आएको छ। पछिल्लो बंगाल सरकारलाई गोर्खाहरुको राजनैतिक समाधानको निम्ति भारत सरकारले वार्ताको निम्ति बोलाउदा वार्तामा गएन। भारत सरकारको केन्द्रीय गृहमन्त्री अमित शाहले गोर्खाहरुको राजनैतिक समाधान चाडैं हुने भनी घोषणा गरिसकेका छन्। तपाईंहरु गोरामुमोमा जोडिनु भयो यसरीनै सबै अब गोरामुमोमा जोडिनु पर्छ भनी शुद्ध तामाङले अपिल गरे।
समष्टि अध्यक्ष भुपेन गुरुङले बर्तमान गोर्खाहरुको राजनैतिक परिवेश माथी नयाँ सदस्यहरुलाई जानकारी गराए। सभाको अन्त्यमा समष्टिका प्रतिनिधिवर्गद्वारा नयाँ सदस्यहरुलाई खदा लगाएर स्वागत जनाउँदै बधाई अनि शुभकामना व्यक्त गरेका छन्। भाङबारी शाखाको अध्यक्ष पदमा अरुण तामाङ अनि गोरानासं बाट बिमला प्रधानलाई आजको सभाले सर्वसम्मतिले चयन गरिएका छन्। आजको समर्थन सभामा रंगबुल धोतरिया रंगबुक समष्टि गोरायुमो अध्यक्ष बिकास सुब्बा, निन्म सोनादा नयाँ कमान शाखा अध्यक्ष सदेव गुरुङ, सन्तोष प्रधान लगायत भाङबारी शाखाका प्रतिनिधिबर्गको उपस्थित रहेका थिए।

About Author

Advertisement