घैयाबारीको ब्लु डायमण्ड अंग्रेजी स्कूलमा देऊसी भैलो प्रतियोगिता सम्पन्न

IMG-20261105-WA0071

खरसाङ: खरसाङ महकुमा अन्तर्गत घैयाबारीको निजी स्कूल ब्लु डायमण्ड अंग्रेजी स्कूलमा‌गत वर्षहरु झैं यसपाली पनि देऊसी भैलो प्रतियोगिता सम्पन्न भएको छ। उक्त प्रतियोगिता स्कूलका संस्थापक निर्देशक बीबी थापाको अध्यक्षतामा र प्राचार्य मार्थारानी राई र प्रोप्राइटर लिला थापाको विशेष उपस्थितिमा सम्पन्न भएको छ। स्कूलका शिक्षक शिक्षिकाहरु क्रमैले सुप्रिया राई, बिनुमा राई, राहुल शर्मा, सुनका छेत्री, फुपसाङ लामा, प्रसित थापा, दिपाञ्जली छेत्री आदिले पालैपालो सञ्चालन गरेका थिए। यस देऊसी भैलो प्रतियोगितामा निर्णायकको रुपमा शिक्षकहरू क्रमशः सन्तोष लामा, प्रणाम थापा, प्रवेग प्रधान, अनुराग थापा आदि रहेका थिए। यस अवसरमा तिहार र देऊसी भैलोको महत्व विषयमा शिक्षक सन्तोष लामाले वक्तव्य राखेका थिए। उनले स्कूलमा हरेक वर्ष विद्यार्थीहरुलाई लिएर देऊसी भैलो प्रतियोगिता आयोजना गर्ने गरेको बताउँदै देऊसी भैलोको सांस्कृतिक महत्व विषयमा विद्यार्थीहरुलाई बताएका थिए।

यस देऊसी भैलो प्रतियोगितामा स्कूलबाट क्यामिलिया, अर्किड, लोटस, मेरिगोल्ड आदि हाउसहरुले सहभागिता जनाएका थिए। यस प्रतियोगिता अन्तर्गत देऊसीमा क्यामेलिया र भैलोमा लोटस विजेता बनेका थिए। बिजेताहरुलाई सभाध्यक्ष एंव स्कूलका निर्देशक बीबी थापा र प्राचार्य मार्थारानी राईको बाहुलीबाट पारितोषिक वितरण गरिएको छ।

कार्यक्रममा दुवैले सम्बोधन राख्दै सबैलाई तिहारको शुभकामना व्यक्त गरेका छन्। कार्यक्रममा बाहिरबाट आएर स्कूलमा भोलेन्टियर रुपम कार्यरत् दुईजना शिक्षिकाहरुलाई सम्मान जनाइएको छ। यसै कार्यक्रममा स्कूलमा मार्शल आर्टको बेल्ट सेरोमनी पनि सम्पन्न गरिएको छ‌।

About Author

Advertisement