नगरपालिका चुनावको विरोधमा गोर्खाल्याण्ड नौलो संघर्ष समितिद्वारा खरसाङमा पोष्टरिङ

IMG-20261105-WA0072

पहिला गोर्खाहरुको समस्या समाधान हुनुपर्छ तब मात्र चुनाव होस्: मन्ना त्रिखत्री

खरसाङ:‌ नगरपालिका चुनावको विरोधमा गोर्खाल्याण्ड नौलो संघर्ष समितिको तर्फबाट आज खरसाङमा पोष्टरिङ गरिएको छ। गोर्खाल्याण्ड नौलो संघर्ष समिति खरसाङका पदाधिकारीहरुले खरसाङ बजारको विभिन्न स्थानहरुमा पोष्टरिङ गरेको छ। उक्त पोष्टरिङ गरिनुको मुख्य उद्देश्य भारतीय जनता पार्टीले चुनाव अघि गोर्खाहरुको समस्या समाधान गरिदिने वाचा गरेको तर छ महिना बितेर गए पनि अहिलेसम्म समाधान नभएको र दिन्छु भन्ने कुरा दिएर मात्र चुनाव गराउनु पर्ने अडान गोर्खाल्याण्ड नौलो संघर्ष समितिको रहेको मन्ना त्रिखत्रीले बताएका छन्। उनले पहिला गोर्खाहरुको समस्या समाधान होस् त्यसपछि मात्र चुनाउ होस् भन्ने माग रहेको बताएका छन्‌। उनले यस विषयमा भने, ‘भाजपाले गोर्खाहरुको समस्या समाधान गरिदिने वाचा गरेको थियो तर ६ महिना बितिसकेर पनि समाधान त होइन तर नगरपालिका चुनाव गराउने कुरा छ। तर डबल इञ्जिनको सरकार भएपछि दिन्छु भनेको कुरा पहिला दिनुपर्ने माग गोर्खाल्याण्ड नौलो संघर्ष समितिको अडान छ। पहिला गोर्खाहरुको समस्या समाधान हुनुपर्छ तब मात्र चुनाव होस्। गोर्खाहरुको समस्या समाधान नभईकन चुनाउ हुनु हुँदैन भन्ने समितिको स्पष्ट अडान छ।’

About Author

Advertisement