ग्लास्गो राष्ट्रमण्डल खेलहरूमा भारतको निम्ति स्वर्ण पदकको खाता खोलिन् मीराबाई चानूले

IMG-20260726-WA0125(1)

नयाँ दिल्ली: भारतकी अनुभवी महिला भारोत्तोलक (वेट लिफ्टर) मीराबाई चानूले इतिहास रचिन्। स्कटल्याण्डको ग्लास्गोमा जारी राष्ट्रण्डल खेलहरूमा चानूले आइतवार महिलाहरूकी ४८ किग्रा वर्गमा स्वर्ण पदक जितिन्। जारी खेलहरूमा यो भारतको समग्रमा तेस्रो अनि पहिलो स्वर्ण पदक हो। चानूले स्न्याचमा ८५ किग्रा र क्लीन एण्ड जर्कमा १०५ किग्रा ओजन उठाएर ऐतिहासिक सफलता हासिल गरिन्। यसको साथै उनले जम्मा १९० किग्रा ओजन उठाएर राष्ट्रमण्डल खेलहरूमा स्वर्ण पदकको ह्याट्रिक पनि पूरा गरिन्। चानूले यसअघि २०१८-मा गोल्ड कोस्ट र २०२२-मा बर्मिंघम खेलहरूमा पनि स्वर्ण पदक जितेकी थिइन् । आइतवार महिलाहरूकी ४८ किग्रा वर्गमा नाइजेरियाकी रुथ असुक्यो नियोंगले जम्मा १६८ किग्रा ओजन उठाएर रजत र मलेशियाकी इरेने जाने हेनरीले १६७ किग्रा ओजन उठाएर काँस्य पदक जितिन्। मीराबाईले सन्याचको तेस्रो प्रयासमा ८५ किग्रा ओजन सफलतापूर्वक उठाइन् । चानूको यो प्रयास राष्ट्रमण्डल खेलहरूमा महिलाहरूकी स्न्याचमा रेकर्ड प्रदर्शन हो। चानूले पहिलो प्रयासमा ८२ किग्रा ओजन उठाउन सकिनन् तर दोस्रो प्रयासमा ८२ किग्रा ओजन उठाइन्। चानूले यस प्रदर्शनको साथ अगावै गेम्स रेकर्ड आफ्नो नाम गरिन्। त्यसपछि चानूले ८५ किग्रा ओजन उठाउने फसेला गरिन् अनि सफलता पनि हासिल गरिन्। चानूले पछिबाट क्लीन एण्ड जर्कमा पनि १०५ किग्राको सफल प्रयासको साथ नयाँ राष्ट्रमण्डल खेल रेकर्ड पनि बनाइन्। यसरी उनले उठाएको १९० किग्राको जम्मा ओजन पनि राष्ट्रमण्डल खेलहरूको एउटा नयाँ रेकर्ड हो।

About Author

Advertisement