मानव उत्थान सेवा समिति खरसाङद्वारा वृक्षारोपण कार्यक्रम

IMG-20260726-WA0097

खरसाङ: मानव उत्थान सेवा समिति खरसाङद्वारा प्रभारी महात्मा असिमा बाइजी अनि सह-प्रभारी महात्मा प्रभा बाईजीको अगुवाइमा डाउहिल फरेष्ट परिसरमा वृक्षरोपण गरियो। मानव उत्थान सेवा समितिका प्रणेता परम पुज्य सदगुरुदेव श्री सतपाल जी महाराजको प्रेरणा एवम् दिशा निर्देशनमा प्रति वर्ष झैं समितिले यस वर्ष पनि १८ जुलाई २०२६ देखि २ अगस्त २०२६ सम्म देशभरि नै व्यापक रूपमा वृक्षारोपण गरिरहेको छ। यसै क्रममा मानव उत्थान सेवा समिति, खरसाङद्वारा पनि पर्यावरण सन्तुलन एवम् संरक्षणको उद्देश्य राख्दै विभिन्न प्रजातिका १०० भन्दा बढी रूखका विरूवाहरू रोपण गरे।

यस वृक्षारोपण कार्यक्रमको निम्ति रूखका विरूवाहरु उपलब्ध गराई सद्भावका साथ उचित सहयोग पुर्याउन भएकोमा खरसाङ वन विभागका अधिकारीवर्ग अनि कर्मचारीहरूप्रति समितिद्वारा आभार प्रकट गरेका छन् भनी समितिका मिडिया अनि सोसल मिडिया संयोजक बृज कमल राईले एक विज्ञप्ति मार्फत जानकारी दिएका छन्।

About Author

Advertisement