काेलकाता: भारतका पूर्व विदेश सचिव र राज्यसभा सदस्य हर्षवर्धन श्रृंगलाले लक्ष्मी ग्रुपकी लक्ष्मी लिम्बू, रुद्र च्याटर्जी तथा सम्पूर्ण लक्ष्मी ग्रुप टोलीलाई प्रतिष्ठित ‘एक्सीलेन्स इन पॉश गभर्नेन्स एण्ड कम्प्लायन्स अवार्ड २०२६’ प्राप्त गरेकोमा बधाई ज्ञापन गर्नुभएको छ।
यो राष्ट्रिय सम्मानले चिया बगान तथा संस्थागत क्षेत्रमा कार्यरत महिलाहरूका लागि सुरक्षित, समावेशी र सशक्त कार्यस्थल निर्माण गर्न लक्ष्मी ग्रुपले देखाएको निरन्तर प्रतिबद्धतालाई उच्च कदर गरेको छ।
आफ्नो शुभकामना सन्देशमा पूर्व विदेश सचिव श्रृंगलाले चिया उद्योग क्षेत्रमा महिला सुरक्षा, सम्मानजनक वातावरण र सशक्तिकरणका नयाँ मापदण्डहरू स्थापना गर्न लक्ष्मी ग्रुपले खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्तै सफलताको निरन्तरताको कामना गर्नुभएको छ।










