​’ग्रेटर बंगलादेशको सपना देख्ने जमातीहरूलाई बिदा गर्यौँ’: मुख्यमन्त्री शुभेन्दु अधिकारी

images

​कोलकाता: पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले गुरु पूर्णिमाको अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै वामपन्थी दल र तृणमूल कांग्रेसमाथि कडा प्रहार गरेका छन्।
​बुधबार साँझ कोलकातास्थित रवीन्द्र सदनमा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री अधिकारीले वामपन्थीहरू विदेशी विचारधारा र शक्तिबाट सञ्चालित भएर ३४ वर्षसम्म बंगालमा शासन गरेको आरोप लगाए। त्यस्तै, तृणमूल कांग्रेसलाई ‘जमाती तृणमूल’ को संज्ञा दिँदै उनले त्यस प्रकारको राजनीति अब समाप्त भइसकेको दाबी गरे।
​”ग्रेटर बंगलादेशको सपना देख्ने जमातीहरूलाई हामीले बिदा गरिसकेका छौँ। अब प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा बंगालको नवनिर्माण हुनेछ”, मुख्यमन्त्री ले भने।
​मुख्यमन्त्री अधिकारीले राज्यमा ‘ल्यान्ड जिहाद’ र ‘लभ जिहाद’ रोक्न आह्वान गर्दै बंगाल अब नयाँ युगमा प्रवेश गरिसकेको बताए। उनले आफ्नो सरकार राज्यमा शान्ति-सुरक्षा सुदृढ गर्न, अवैध गतिविधि नियन्त्रण गर्न र समग्र विकासका लागि प्रतिबद्ध रहेको स्पष्ट पारे।
​उल्लेखनीय छ, हालै सम्पन्न विधानसभा निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा) ले शानदार जित हासिल गर्दै तृणमूल कांग्रेसको १५ वर्ष लामो शासन अन्त्य गरी गत जेठ (मई २०२६) मा पहिलो पटक सत्ता सम्हालेको थियो।

About Author

Advertisement