ग्याल्जिङमा नौ दिनदेखि एसआईआरको सुनुवाइ जारी, एकैदिन १८९ मुद्दाको टुङ्गो​

a4c9c7ab-a29d-4673-8fda-e7fa241d2739

ग्याल्जिङ: ​सिक्किमको ग्याल्जिङ जिल्लामा मतदाता नामावलीको विशेष संक्षिप्त पुनरीक्षण (एसआईआर २०२६) अन्तर्गत दाबी तथा विरोधको सुनुवाइ प्रक्रिया नौ दिनदेखि निरन्तर जारी रहेको छ। जिल्लाका विभिन्न निर्वाचन क्षेत्रहरूमा तोकिएका निर्वाचन दर्ता अधिकारी (इआरओ) तथा सहायक निर्वाचन दर्ता अधिकारीहरू (एइआरओ) ले आज पनि दाबी-विरोधसम्बन्धी मामिलाहरूको तीव्रताका साथ सुनुवाइ गरेका छन्।
​जिल्ला सूचना अधिकारी (डीआईओ) ग्याल्जिङका अनुसार आज विभिन्न निर्वाचन क्षेत्रमा गरी कुल १८९ वटा मुद्दाको सुनुवाइ गरिएको छ। जसमध्ये याङ्थाङ निर्वाचन क्षेत्रमा ५० वटा मुद्दाको सुनुवाइ हुनुका साथै २ वटा मुद्दा पछि सुनुवाइ गर्ने गरी सारिएको छ। यस्तै मानेबुङ-देन्ताम क्षेत्रमा २५ वटा मुद्दाको सुनुवाइ गरी ३ वटा मुद्दा पछि सारिएको छ भने ग्याल्जिङ-बर्नायक क्षेत्रमा सबैभन्दा धेरै ११४ वटा मुद्दाको सुनुवाइ हुनुका साथै ८ वटा मुद्दा अर्को मितिका लागि सारिएको छ।
​यसका साथै जिल्लाभरि तार्किक असङ्गति (लॉजिकल डिस्क्रेपेंसी) सम्बन्धी आगामी सुनुवाइहरूका लागि सूचना-पत्र (नोटिस) वितरण गरिएको छ। मानेबुङ-देन्ताम क्षेत्रमा आजसम्म यस्ता १९ वटा मुद्दाको सुनुवाइ सम्पन्न भइसकेको छ।
​सुनुवाइ प्रक्रियाअन्तर्गत युक्सम-टासीडिङ क्षेत्रमा एसडीएम जेसी पी तार्गेन, बीडीओ सनमान सुब्बा, बीडीओ गीताकुमारी गुरुङ र उपनिर्देशक अमृतराज राई खटिएका छन्। त्यसैगरी याङ्थाङ क्षेत्रमा एसडीएम अग्निप्रसाद क्षेत्री, बीडीओ गाराप दोर्जी भुटिया र डीपीओ पेम दोर्जी भुटिया तथा मानेबुङ-देन्ताम क्षेत्रमा एसडीएम एनके कार्की, बीडीओ वाङ्दी छिरिङ भुटिया र एडी सत्यम बस्नेतले जिम्मेवारी सम्हालेका छन्। ग्याल्जिङ-बर्नायक क्षेत्रमा भने एसडीएम सन्देश सुब्बा, बीडीओ कैलाश गुरुङ र एएलसी युवा नारायण राणाले सुनुवाइ सञ्चालन गरिरहेका छन्। एसआईआर २०२६ अन्तर्गत मतदाता नामावलीलाई पारदर्शी र त्रुटिरहित बनाउन जिल्ला प्रशासनले यो अभियानलाई अघि बढाएको हो।

About Author

Advertisement