गोर्खा सांस्कृतिक संस्थान् खरसाङको ३४ औं स्थापना दिवस समारोह सम्पन्न

efa0bcaf-bdaf-4685-9763-47740e36427c

गोर्खा जातीय अस्मिता र संस्कृति संरक्षणको लागि खोलिएको हो हाम्रो संस्था: आशा मुखिया लामा

खरसाङ: गोर्खा सांस्कृतिक संस्थान् खरसाङको ३४ औं स्थापना दिवस समारोह संस्थानकी अध्यक्षा आशा मुखिया लामाको अध्यक्षता र सचिव प्रनिता मुखिया घिसिङको सञ्चालनना सम्पन्न भएको छ। गोर्खा जातीय अस्मिता र जातीय संस्कृति संरक्षणको महत्वको साथमा १९९४ सालमा स्थापना भएको गोर्खा सांस्कृतिक संस्थान् खरसाङले आफ्नो ३४ औं स्थापना दिवस खरसाङको बस बिसौनीस्थित चिन्तन भवनमा सम्पन्न गरेको छ‌। कार्यक्रममा संस्थानका संरक्षक‌ो पारस लामा, संस्थापक वरिष्ठ सदस्यहरु क्रमैले रतन गुरुङ, पुरण थापा, वरिष्ठ सल्लाहकार मोहन योञ्जन लगायत सम्पूर्ण अंग्रज र अनुजहरुको उपस्थितिमा उक्त स्थापना दिवस समारोह सम्पन्न भएको छ। उक्त स्थापना दिवस समारोहमा अध्यक्षा आशा मुखिया लामा र वरिष्ठ संस्थापक सदस्यहरु र संरक्षकको बाहुलीबाट पञ्चदीप प्रज्वलन कार्यक्रम शुरु गरिएको थियो भने द्वीप प्रज्वलन गरेर दिवंगत सदस्यहरुको स्मृतिमा मौन धारण गरिएको छ। यसको साथै अध्यक्षा आशा मुखिया लामाको बाहुलीबाट संस्थानको झण्डा उत्तोलन गरेर संस्थानको उदबोधन गीत -‘पहाड समतल मायाले जोड्ने संस्कृति मुख्य हो’ गाएर साथै संस्कृति विषयक नाराहरु पनि लगाइएको थियो। कार्यक्रममा संस्थानकी कोषाध्यक्षा मिना मोक्तानले स्वागत सम्भाषण राख्दै संस्थानको संस्मरणहरु साझा गरेकी थिइन्। कार्यक्रममा संस्कृति विषयमा आधारित मनोरञ्जनात्मक खेलहरु पनि आयोजना गरिएको थियो जसलाई ‘पर्चा निकालौं, संस्कृतिलाई माया गरौं ‘ नाम दिइएको थियो। कार्यक्रममा गोर्खा सांस्कृतिक संस्थान् खरसाङकी मूल सचिव प्रनिता मुखिया घिसिङले आफ्नो सम्बोधनमा गोर्खा सांस्कृतिक संस्थान् खरसाङको ३३ वर्षको इतिहास र सांस्कृतिक संरक्षणमा संस्थानको यात्रा विषयमा वक्तव्य राखेकी थिइन्। कार्यक्रममा संस्थापक सदस्यहरु रतन गुरुङ, पुरण थापा, सहदेव चामलिङ, हेमन्त दर्नाल आदिले वक्तव्य राख्दै संस्थानको विषयमा संस्मरणात्मक विवरण प्रस्तुत गरेका थिए।

कार्यक्रममा अध्यक्षीय सम्बोधनमा आशा मुखिया लामाले संस्थानको संक्षिप्त विवरण प्रस्तुत गरेकी थिइन्। उनले जातीय अस्मिता र संस्कृति संरक्षणको लागि कस्तो परिस्थितिमा संस्थानको स्थापना भएको र हालसम्म कसरी काम गरिरहेको छ भन्ने विषयमा वक्तव्य राखेकी थिइन्। उनले विषम परिस्थितिमा पनि जातीय संस्कृति र संस्कृति संरक्षणको महत्वलाई ध्यानमा राखेर संस्थान शुरु गरिएको र यसलाई निरन्तर रुपमा सबै मिलेर अघि लगिरहेको र हालमा के कस्तो प्रकारले सञ्चालन भईरहेको छ भन्ने विषयमा वक्तव्य राख्दा उपस्थित सबै सदस्य सदस्याहरु भाव विहल भएका थिए। कार्यक्रममा अध्यक्षा आशा मुखिया लामाले नै धन्यवाद ज्ञापन पनि राखेकी थिइन्।

About Author

Advertisement