खरसाङ: खरसाङ नगरपालिकाको आयोजना साथै टेकबीर बस्तीमा रहेको समाज प्रगति संघको सहयोगमा गाउँमा निःशुल्क आँखा जाँच शिविरको आयोजना गरिएको छ। समाजको सभापति सुजय गुरुङ, मूल सचिव बिरबल पाखरीन, उप सभापति जन बस्को राई,सह सचिव समिर गुरुङ, कार्यकारिणी सदस्यहरू बिपेन्द्र राई,भारती राई, लक्ष्मी मग्राती अनि सदस्यहरू केल्भिन तामाङ,आशिष प्रधान र एडवर्ड छेत्रीको बिशेष उपस्थिति र संयोजनमा यो जाँच शिविर सफलतापूर्वक सम्पन्न भएको जानकारी प्राप्त भएको छ। सिलगढी लाईन्स नेत्रालयको आँखा जाँच गर्ने टोलीको चिकित्सा प्रणालीमा लगभग तीसजना गाउँवासीले आँखा जाँच गराएका थिए।

त्यसरी नै उक्त स्वास्थ्य जाँच शिविरमा मानिसहरुले रक्तचाप र मधुमेह (सुगर) को जाँच पनि गराएका थिए। यसरी घर आँगनमा नै स्वास्थ्य जाँच गराउनको निम्ति शिविरको आयोजना गरिदिएकोमा खरसाङ नगरपालिकाको अधिकारीवर्ग, आँगनवाडी, स्वास्थ्य केन्द्रलाई समाजको तर्फबाट धन्यवाद ज्ञापन गरिएको छ। यसको साथै समाजको पक्षबाट पनि आफ्नो सहभागिता दिएर यस महत कार्यमा सहयोग गर्ने समाजको सदस्यहरूलाई आभार प्रकट गरिएको जानकारी समाजका मूल सचिव बिरबल पाखरीनले दिएका छन्।





