सोनादास्थित हिन्दू मिशन ट्रस्टको ताला तोडी सामानहरू लगेको आरोपमा सोनादा पुलिस आउट पोष्टमा उजुरी दर्ता

a6f4d90b-2a10-4954-9ce9-77a05ad5ab29

सोनादा: सोनादास्थित बेटर बारीमा रहेको हिन्दू मिशन ट्रस्टको ताला तोडी दुईवटा ठूला स्टिल दराज लगायतका सामानहरू लगेको आरोपमा सोनादा पुलिस आउट पोष्टमा उजुरी दर्ता गरिएको छ। सोनादाको बेटरबारी (लाटा स्कूल) स्थित हिन्दू मिशन ट्रस्टको सम्पत्तिमा ताला तोडेर सामानहरू लगेको गम्भीर आरोप लागेको छ। यस घटनालाई लिएर हिन्दू मिशन, दार्जिलिङ जिल्लाकी अध्यक्ष कविता तामाङ प्रधानद्वारा सोनादा पुलिस आउट पोष्टमा दिइएको लिखित उजुरी अनुसार, यो घटना गत २८ अक्टोबरको दिन दिउँसो लगभग ४ बजी घटेको थियो।
उक्त उजुरीमा आरोप लगाइएको छ, शिला गुप्ताद्वारा ट्रस्टको सम्पत्तिको ताला तोडिएको र दुईवटा ठूला स्टिलको अलमारी / दराज लगायत अन्य सामानहरू लगिएको छ। स्थानीय निवासी प्रदीप छेत्री यस घटनाका प्रत्यक्षदर्शी रहेको उजुरीमा उल्लेख गरिएको छ। हिन्दू मिशन ट्रस्टले आफ्नो उजुरीमा भनेको छ, “यो सम्पत्ति हिन्दू मिशन ट्रस्टको हो र यसको सुरक्षा अत्यन्त महत्त्वपूर्ण छ। ट्रस्टको सम्पत्तिमा अनाधिकृत प्रवेश, तालामा क्षति वा सामान हटाउने कार्यको उचित अनुसन्धान हुनुपर्छ।”

About Author

Advertisement