गोरुबथानलाई महकुमा र जलढकालाई खण्ड घोषणा गर्न माग

गोरुबथान: गोरुबथान एकदमै ठुलो खण्ड हो।यस खण्ड भूटानको सीमानासम्म फैलिएको छ।गोरुबथान क्षेत्रका सर्वसाधारण, सामाजिक संघसंस्था तथा जनप्रतिनिधिहरूले लामो समयदेखि गोरुबथानलाई महकुमाको दर्जा दिइनु पर्छ भन्ने मांग गर्दै आइरहेको छ।यसैगरी जलढाकालाई छुट्टै खण्ड बनाइनु पर्छ भन्ने माग पुनः सशक्त रूपमा अघि बढाउने निर्णय गरेका छन्। कालेबुङ जिल्ला गठन हुँदा गोरुबथानवासीले पनि नयाँ आशा र विश्वासका साथ त्यसको स्वागत गरेका थिए। तर तोदे–तङगता, पोखरियाबोङ, कुमाई, सामसिङ, जलढाका लगायतका दुर्गम क्षेत्रका बासिन्दाहरूले अझै पनि प्रशासनिक सेवा, स्वास्थ्य, शिक्षा तथा पूर्वाधार विकासका क्षेत्रमा विभिन्न कठिनाइ भोग्नुपरिरहेको छ। गोरुबथान विशाल भौगोलिक क्षेत्र भएको, भूटानसँग अन्तर्राष्ट्रिय सीमा जोडिएको तथा पर्यटन, कृषि र अन्य विकासका प्रशस्त सम्भावना बोकेको क्षेत्र भए पनि आवश्यक प्रशासनिक संरचनाको अभावमा अपेक्षित विकास हुन सकेको छैन।
उनीहरूले गोरुबथानलाई महकुमा र जलढाकालाई छुट्टै ब्लक बनाइए प्रशासनिक सेवा जनताको पहुँचमा पुग्ने, विकास योजनाहरू प्रभावकारी रूपमा कार्यान्वयन हुने, रोजगारीका अवसर सिर्जना हुने तथा पर्यटन, कृषि र पूर्वाधार विकासले नयाँ गति लिने विश्वास व्यक्त गरेका छन्।
“गोरुबथान महकुमा र जलढाका ब्लक हाम्रो अधिकार हो, र यसका लागि हाम्रो आवाज निरन्तर उठिरहनेछ” प्रमुख संयोजक बिक्रम पराजुलीले बताएका छन्।गोरुबथानका सचेत पक्षहरुलाई लिएर आज बिक्रम पराजुलीको संयोजकत्वमा गोरुबथान धर्मशाला नजिक रहेको कन्चनजंगा हलको प्रेक्षालयमा एक सभा बसिएको थियो।यस सभामा उपस्थित सम्पूर्ण व्यक्तित्वले यस विषयमा सहमति जनाएका थिए।यस सभाले सम्बन्धित विभाग, विधायक, सांसद तथा अन्यतिर एउटा मेमोरेन्डम चडाउने निर्णय पारित गरेको जानकारी पनि संयोजक बिक्रम पराजुलीले दिएका छन्‌।

About Author

Advertisement