लण्डन: ईंग्ल्याण्ड यात्राको बीचमा न्यूजील्याण्डका पूर्व कप्तान केन विलियम्सले ठूलो घोषणा गरेका छन्। विलियम्सनले तत्काल प्रभावको साथ अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन्। यसको साथै विलियम्सनको १६ सालको अन्तर्राष्ट्रिय करियर अनि न्यूजील्याण्ड क्रिकेटमा तीनैवटा प्रारूपमा एक युगको पनि अन्त भयो। ३५ वर्षीय विलियम्सन न्यूजील्याण्डको निम्ति सर्वाधिक अन्तर्राष्ट्रिय रन बनाउने ब्याटर हुन्। उनले आफ्नो करियरमा सबै प्रारूप मिलाएर ३७८ वटा म्याचमा १९३४६ रन बनाएका छन्, जसमा ४८ वटा शतक बनाएका छन्, जसमा ६ वटा दोहोरो शतक पनि सामेल छ। २०१०-मा अन्तर्राष्ट्रिय क्रिकेटमा पदार्पण गर्ने विलियम्सनले चाँड़ै आफ्नो तक्निक, धैर्य र रन बनाउने दक्षताले छाप छोड़े। उनको ब्याटिंगमा आक्रमकता कम्ती तर प्रभाव र निरन्तरता अधिक देखियो। विलियम्सनले त्यस समय न्यूजील्याण्ड क्रिकेटमा आफ्नो पहिचान बनाए जब कीवी टीमको गन्ती विश्वका सबैभन्दा मजबूत टीमहरूमा हुन्थ्यो। विलियम्सन लामो समयसम्म न्यूजील्याण्डको कप्तान रहे अनि उनको नेतृत्वमा न्यूजील्याण्डले भारतलाई पराजित गरी पहिलो वर्ल्ड टेस्ट च्याम्पियनशीप (डब्ल्यूटीसी) खिताब जितेको थियो। यो जीत न्यूजील्याण्ड र विलियम्सनको निम्ति व्यक्तिगत रूपले विशेष थियो ककारण २०१९ -मा टीम वनडे वर्ल्ड कप जित्नदेखि सामान्यले चुकेको थियो। विलियम्सनले मैदानमा आफ्नो व्यवहारको साथ पनि प्रशंसकहरूका मन जिते। यसैकारण विरोधी टीमका खेलाड़ीहरूले सदा उनलाई सम्मान गर्थे। न्यूजील्याण्ड क्रिकेटद्वारा जारी बयानमा विलियम्सनले भनेका छन्, मैले यसमाथि निक्कै सोचविचार गरे अनि गत केही समयदेखि यही समय हो भन्ने लागिरहेको थियो। अन्तर्राष्ट्रिय क्रिकेट खेल्नको निम्ति मभित्र सदा मजबूत इच्छाशक्ति र लोभ रह्यो अनि न्यूजील्याण्डको निम्ति हरेक म्याचमा मैले आफ्नो सबैथोक दिन सक्दा मलाई गर्व लाग्छ। यसभन्दा कम्तीमा खेल्नु सही हुनेछैन अनि मैले आफ्नो हिसाबले यो फसेला लिएँ।
प्रारूपको हिसाबले विलियम्सन टेस्टको पहिलो, टी२०-मा दोस्रो अनि वनडेमा न्यूजील्याण्डका चौथो सबैभन्दा सफल ब्याटर रहे। उनले ११० वटा टेस्ट म्याचमा ५४.०६-को औसतले ३३ वटा शतक र ३८ वटा अर्द्धशतकको सहायताले ९५१५ रन बनाए। यसरी वनडेमा उनले १७५ वटा म्याच खेलेर ४८.६९-को औसतले १५ वटा शतक र ४७ वटा अर्द्धशतकको सहायताले ७२५६ रन बनाए। टी२० अन्तर्राष्ट्रियमा उनले ९३ वटा म्याच खेलेर २५७५ रन बनाए, जसमा १८ वटा अर्द्धशतक रहेको छ। विलियम्सनले टेस्टमा ३०, वनडेमा ३७ र टी२०-मा ६ विकेट पनि लिएका छन्। विलियम्सन न्यूजील्याण्डका सफलतम कप्तान पनि रहे। दाहिने हातका दिग्गज ब्याटरले ४० वटा टेस्ट, ९१ वटा वनडे र ७५ वटा टी० म्याचमा न्यूजील्याण्डको कप्तानी गरे। उनको कप्तानीमा कीवी टीमले २०१९ वनडे वर्ल्ड कपको फाइनल खेल्यो। विलियम्सन प्लेयर अव् द टुर्नामेण्ट रहेका थिए। न्यूजील्याण्डले उनको कप्तानीमा २०२१ टी२० वर्ल्ड कप फाइनल पनि खेलेको थियो।










