गोरामुमो द्वारा गोर्खा नागरिकता दिवस समारोह सम्पन्न

IMG-20260823-WA0073

संविधानको प्रावधान अनुरुप गोर्खा जातिलाई सुरक्षा गरिनेछ‌ र सय प्रतिशत अब हाम्रो न्याय हुनेछ: मन घिसिङ

दार्जिलिङ: गोर्खा राष्ट्रिय मुक्ति मोर्चा दार्जीलिङ ब्राञ्च कमिटीको तत्वधानमा ३८औं गोर्खा नागरिकता दिवस समारोह भब्य रुपमा पालन गरेका छन्। दार्जिलिङको गोर्खा रंगमंच भवन सुवास घिसिङ रंगशालामा सम्पन्न समारोहमा गोरामुमो अध्यक्ष मन घिसिङको प्रमुख आतिथ्यमा ब्राञ्च कमिटी अध्यक्ष एमजी सुब्बा, केन्द्रीय समिति उपाध्यक्ष एनबी छेत्री पूर्व विधायक एंव केन्द्रीय समिति सदस्य निरज जिम्बा, केन्द्रीय समिति प्रतिनिधिवर्ग, ब्राञ्च कमिटी प्रतिनिधिबएवर्ग, भ्रातृ संगठन प्रतिनिधिवर्ग, चारैवटा ब्राञ्च कमिटीका प्रतिनिधिवर्ग लगायत गोरामुमो कार्यकर्ताहरुको व्यापक उपस्थिति रहेका थिए। कार्यक्रममा संस्थापक अध्यक्ष सुवास घिसिङको तस्वीरमा दिप प्रज्वलन गरेर विभिन्न सांस्कृतिक कार्यक्रमबीच सम्पन्न भएको समारोहमा १९८६ सालको गोर्खाल्याण्ड आन्दोलनमा आफ्नो महत्त्वपूर्ण योगदान दिने शहीद परिवार साथै कर्मठ सदस्यहरुलाई गोरामुमो अध्यक्ष मन घिसिङको बाहुली द्वारा सम्मान जनाउँदै शिला पत्र प्रदान गरे। भानुकान्त घिसिङद्वारा सञ्चालन गरेको समारोहमा दार्जीलिङ ब्राञ्च कमिटी सल्लाहकार एवं वरिष्ठ अधिवक्ता प्रणय राई, गोरामुमो अध्यक्ष मन घिसिङद्वारा आफ्नो वक्तव्य राखेका थिए। आफ्नो वक्तव्य राख्दै गोरामुमो अध्यक्ष मन घिसिङले भने, आजको दिनको भनेको गोर्खाहरुले नागरिकता प्राप्त गरेको एतिहासिक दिन हो।

आजको कार्यक्रम खेलाइची होइन धेरैले बलिदान दिएको दिन हो। जबसम्म जाति र माटोको मुद्दा छोडेको हुँदैनौँ। तबसम्म तपाईंहरुलाई भुल्ने छैनौं। राम्रो दिन आउदैछ स्वस्थ्य ठिक राख्नु पर्छ संस्कार अनि अनुशासन कायम राख्नु पर्छ। मैले जाति र माटो मात्र देखेको छु गल्ती कदापी हुने छैन। तपाईंहरु नभएको भए आज यो दिन देख्ने थिएन तपाईंहरुको योगदानलाई कदापि भुल्ने छैनौं। अब यहाँ देखि उता मेरो कर्तव्य हो पूरा गर्ने। अब भाग्य बिगार्न दिने छैनौं। आउने भावी सन्तानको भाग्य राम्रो छ। हिजको बैठक भनेको ऐतिहासिक बैठक थियो अब पट्रीमा चड्यो अब बिगार्नु दिन्न। गृहमन्त्री अमित शाहलाई धेरै विश्वास गरेको थिए त्यो विश्वास अझ दह्रिलो भएको छ। गोर्खा जातिलाई धेरै माया गर्नु पर्छ। सिलगढीमा सम्पन्न बैठकमा भारतको सविधानको प्रावधान अनुरुप गोर्खा जातिलाई सुरक्षा गरिनेछ‌।

संविधानमा हाम्रो अब एक पन्ना हुनेछ। सय प्रतिशत अब हाम्रो न्याय हुनेछ म बारम्बार बोल्दिन तर आज मैले घोषणा गरेको छु। थोत्रे कुराहरु अब मलाई नसोध्नु त्यो बिगतको दिन हो।तपाईंहरुको संघर्ष र आशिर्वादले गर्दा म टुंगोमा पुर्‍याउनेछु। जाति र माटोको निम्ति लडेकाहरुलाई अपमान गर्नु हुदैन सम्मान गर्नु पर्छ।झण्डा थमाउनुको निम्ति मैले राजनीति गरेको होइन जातिको उन्मुक्तिको गरेको हो अब तपाईंहरुले चिताएको मनोकामनाहरु अब पूरा हुनेछ भनी आफ्नो वक्तव्यको क्रममा गोरामुमो अध्यक्ष मन घिसिङले भने।

About Author

Advertisement