अब यहाँबाट गाडीहरु नि:शुल्क कुद्न सक्ने
खरसाङ: खरसाङको रोहिणी रोड (सुवास घिसिङ) मार्गमा रहेको टोल प्लाजालाई बन्द गर्दै गोरामुमोले आजदेखि कुनै पनि गाडीको ट्याक्स उठाउन नपाइने बताएको छ। यो रोहिणी रोक गोरामुमोको संस्थापक अध्यक्ष स्वर्गीय सुवास घिसिङले जनसाधारणको सुविधाको निम्ति बनाइदिएका हुन् भन्दै यसमा वर्तमान जीटीए सरकारले अवैध रूपमा ट्याक्स उठाएर त्यसको दुरुपयोग गरिरहेको बताउँदै अबोप्रान्त कसैले पनि यहाँ ट्याक्स नदिने अनुरोध गरेको छ। आज बिहान खरसाङ क्षेत्रका गोरामुमो समर्थकहरु टोल प्लाजामा आएर टोल ट्याक्स उठाउने कर्मचारीहरुलाई खदा लगाएर बिदाई गरेका छन् भने भविष्यमा नयाँ सरकारबाट ती कर्मचारीहरुलाई केही दिन सक्ने बताएका छन्। यसको साथै आजदेखि उक्त टोल प्लाजामा कुनै पनि गाडीले टोल नतिरी नै कुदाउन सक्ने बनाइएको छ। यस कार्य विषयमा गोरामुमो पार्टीको पक्षबाट खरसाङ महकुमा समिति अध्यक्ष निमा लामा लगायत युवा प्रतिनिधिहरूले यसबारे जानकारी गराउँदै सुवास घिसिङले दार्जिलिङको जनताको लागि छाता र लट्ठीले हिर्काएर दु:ख गरेर बनाएको रोड हो तर अहिले जीटीएले अवैध रूपमा टोल उठाउने गरेकोले आजदेखि गोरामुमोले यसलाई मुक्त गरेको छ भनी बताएका छन्। उनले भने, दागोपाप चलेको बेला अवैध रूपमा जीटीए ल्याएर अहिले भष्ट्रचार चलिरहेको र अब टोल प्लाजाबाट गाडीहरु निर्धक्क चल्नसक्छ।’

उनले अघि भने, हामीलाई भाजपाको डबल इञ्जिनको सरकारमाथि पूर्ण भरोसा छ त नै पहाडबाट तीनजना विधायकहरु जिताएर पठाएका छौँ।’









