गायक गायिकाहरु, संगीतकारहरु र वाद्य वादकहरुलाई लिएर भारतीय नेपाली संगीत महासंघको गठन

IMG-20260609-WA0090

सालबारी: गायक महेश सेवाको आह्वानमा दार्जिलिङ पहाड र तराई डुवर्सका संगीतकारहरु, गायक गायिकाहरु साथै वाद्य वादकहरुलाई लिएर एक सभा सालबारीको सेवा समाज भवनमा सम्पन्न भएको छ। उक्त सभामा सबै अग्रज संगीतकारहरुको सल्लाह र सुझाव अनुसार वर्तमान समयमा गायक संगीतकारहरुको कुनै बलियो संगठन नरहेको भन्दै सबैको सर्वसहमतिद्वारा एउटा संगठनको स्थापना गरिएको छ। उक्त संगठनको नाम भारतीय नेपाली संगीत महासंघ राखिएको छ। यसको साथै सभामा उक्त महासंघको लागि कमिटी पनि गठन भएको छ। उक्त भारतीय नेपाली संगीत महासंघको कमिटीमा सभापति गायक महेश सेवा, उप सभापति कर्म शेर्पा र रञ्जिता सुनार, महासचिव रुपेस रसाइली, सह सचिव सुमन लकान्द्री, कोषाध्यक्ष कर्म ग्याल्छेन, सल्लाहकारहरुमा बरुण रसाइली, उत्तम बम्जन, बिजय थापा, उमेश रोका, महेश्वर लामा, प्रचार प्रसारमा युवराज सुन्दास आदि रहेका छन्।यसको साथै यस भारतीय नेपाली संगीत महासंघमा दार्जिलिङ पहाड, तराई र डुवर्सका विभिन्न स्थानहरुबाट गायक गायिकाहरु, संगीतकारहरु र वाद्य वादकहरुलाई वृहत् रुपमा हिड्नलाई विभिन्न स्थानहरुका लागि संयोजकहरु चयन गरिएका छन्। यस अन्तर्गत संयोजकहरुना दार्जिलिङका लागि राजु राई, अजय राई, खरसाङको लागि कर्म मोक्तान, सिलगढी तराईको लागि समीर शर्मा, डुवर्सका लागि पुष्पन प्रधान र उमेश रोका चयन गरिएका छन्।

About Author

Advertisement