सोनादा: वीर गोर्खा, साहसिलो, बीरताको चिनारी, देशको गौरव, रणभूमिमा देशको रक्षक, देशको हरेक सिमानामा आफ्नो जीवनलाई बन्दुकको नालमा र खुकुरीको धारमा राखेर वीर गोर्खा सपूत आज पनि हरेक सिमा र छाउनीमा लडिरहेका छन् र बलिदान दिइरहेका छन् । आज तिनै एक वीर गोर्खा सपूत ६/११ जीआर तथा स्थानीय गैरीगाउँ नयाँ कमान सोनादा निवासी हवल्दार विशाल तामाङको पार्थिव शरीर निजी बासस्थान गैरीगाउँ नयाँ कमान सोनादा ल्याइ पुराएको छ। उनको अन्तिम संस्कार बुधबार विहान १० बजी सम्पन्न हुने भएको छ। ४३ वर्षीय हवल्दार विशाल तामाङको मुगल सरायमा आफ्नो ड्युटी अवधि गत ७ जूनको दिनमा निधन भएको थियो। दिवङ्गत विशालले आफूपछि पत्नी, आमा बाबा,एक छोरा एक छोरी साथै दुई दाजुभाइ छोडेर गएका छन्। देश रक्षक मात्र होइन गाउँ घरमा पनि उतिकै मिलनसार विशाल तामाङको यश आकस्मिक निधनले सम्पूर्ण क्षेत्र नै शोकाकुल बनेका छन्।










