मालदाः मालदा जिल्लाको अंग्रेजीबजार कोतवाली क्षेत्रको निमाईसराई क्षेत्रमा रहेको महानन्दा नदीको किनारबाट एक ५० वर्षीय अपरिचित महिलाको अर्धनग्न शव फेला परेको छ । खोला किनारको निमाईसरा रेलवे पुलमुनि शव फेला परेपछि स्थानीयले पुलिसलाई खबर गरेका थिए। यी महिलाको नाम भने थाहा छैन । पुलिसले अनुसन्धान सुरु गरेको छ । शवलाई पोष्टमार्टमका लागि मालदा मेडिकल कलेज अस्पताल लगिएको छ। हत्या वा आत्महत्याबारे अङ्ग्रेजीबजार कोतवाली पुलिसले अनुसन्धान गरिरहेको छ।










