गुवाहाटीः शहरको खानापड़ा क्षेत्रमा आज एक व्यक्तिको शव झुण्डिएको अवस्थामा भेटियो। स्थानीय मानिसहरूले तत्काल यसको सूचना पुलिसलाई दिए। पुलिसले घटनास्थलबाट शव निकालेर पोस्टमार्टमको निम्ति पठायो। मृतकको पहिचान हुन सकेको छैन।
यस सम्बन्धिमा प्राथमिकी दर्ता गरेर अगाडिको कारबाही शुरू गरिएको छ। उक्त व्यक्तिले आत्महत्या गरेको हुन सक्ने आशंका व्यक्त गरिएको छ। पुलिसले मामिलाको जॉंच शुरू गरेको छ।
-हिस









