कोलकाताः पद्म पुरस्कारद्वारा सम्मानित परमाणु वैज्ञानिक विकास सिन्हा (७८ वर्ष)-को शुक्रवार बिहान कोलकातास्थित एक निजी अस्पतालमा निधन भयो। उनको पार्थिव शरीरलाई अस्पतालदेखि मिन्टो पार्कस्थित उनको आवासमा ल्याइँदैछ जहाँ अन्तिम दर्शन पश्चात अन्तिम संस्कार गरिनेछ।
वर्ष २०१०- मा पद्म भूषणद्वारा सम्मानित विकास सिन्हा, विकास साहा इण्स्टीट्यूट अफ् न्यूक्लियर फिजिक्समा निदेशकको पदमा तैनाथ थिए। उनले ”भेरिएबल एनर्जी साइक्लोट्रन सेन्टर”- को ”होमी भाभा प्रोफेसर”- को पद पनि सम्हालेका थिए। मुर्शिदाबादको काँदी राज परिवारमा जन्मेका सिन्हालाई परमाणु अनुसन्धान औ विज्ञान संस्थानहरूका प्रशासकको रूपमा देश-विदेशमा सम्मान प्राप्त भएको छ। विकास सिन्हाका पिता बिमल चन्द्र सिन्हा औ हजुरबा आतिश सिन्हा पश्चिम बंगाल सरकारमा मन्त्री थिए। पूर्व सांसद आतिश राज्यमा नेता प्रतिपक्षको पदमा पनि रहिसकेका छन्।
सन् १९४५ -सालमा जन्म ग्रहण गरेका विकास सिन्हा प्रेसिडेन्सी कलेजबाट स्नातक गरेपछि क्याम्ब्रिज विश्वविद्यालय गए। शिक्षा पूरा गरेर देश फर्केपछि उनी भाभा परमाणु अनुसन्धान केन्द्र (बीएआरसी)-मा सामेल भए। उनले कोलकातामा भेरिएबल एनर्जी साइक्लोट्रन सेन्टरको स्थापना तथा यसलाई विश्वस्तरीय अनुसन्धान संस्थान बनाउनमा महत्वपूर्ण भूमिका निर्वाह गरे। शोध बाहेक यी प्रतिष्ठित वैज्ञानिकले मानिसहरूमा वैज्ञानिक चेतना जगाउने काम पनि गरे। राज्यमा सत्ता परिवर्तन भएपछि ममता ब्यनर्जी सरकारले उनलाई पाठ्यक्रम समितिको सल्लाहकार नियुक्त गरेको थियो।









