११ अगस्तः दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा आयोजित प्रतिष्ठित हर्ली मेमोरियल च्यालेञ्ज कप फूटबल टुर्नामेण्टको १०६औं संस्करणमा दार्जीलिङ डायनामोले सेमिफाइनलमा स्थान बनायो। दार्जीलिङको लेबोंग स्थित गोर्खा स्टेडियममा शुक्रवार खेलिएको दिनको पहिलो म्याचमा दार्जीलिङ डायनामोले भाह तकभर युनाइटेड एफसी-लाई पेनल्टी शूटआउटमा ४-१-ले पराजित गऱ्यो। नियमित समयको खेलमा दुवै टीमले गोल गर्न सकेन। यस म्याचमा प्रणय साहा मुख्य रेफरी रहेका थिए।

यसरी सहायक रेफरीको भूमिकामा अशोक कुमार रोय र सुब्रतो धर रहेका थिए। यस साल टुर्नामेण्टमा १४ वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टको पहिलो दिन दुईवटा म्याच खेलिनेछ। दुईवटा सेमिफाइनल १३ अगस्तमा हुनेछ। यसरी फाइनल १५ अगस्तमा खेलिनेछ।










