खरसाङ: खरसाङ फुटबल एसोसिएसनद्वारा खरसाङको गोथल्स स्कूलको खेल मैदानमा भईरहेको खरसाङ सुपर लिगको तेस्रो संस्करण अन्तर्गत आईतवार ए डिभिजनको दुईवटा खेल सम्पन्न भएको छ। पहिलो खेल कन्चनजङ्गा एफसी अनि युनाइटेड टुङ एफसीमाझ खेलियो।
यस खेलमा कन्चनजङ्गा एफसीको तर्फबाट ३ गोल गरेका छन् जसमा अभिषेक ठकुरी १, लाक्पा पाख्रीन १ र अलन्सो लामाले १ गोल गरेका थिए। अर्कोतिर
युनाइटेड टुङ एफसीले कुनै गोल गर्न सकेनन्।
यस खेलको उत्कृष्ट खेलाडीको सर्टिफिकेट केएफसीका अभिषेक ठकुरी अनि युटीएफसीका छोडेन तामाङलाई केएफए उपाध्यक्ष निमा लामा अनि केएफसीका सचिव सुरेन प्रधानद्वारा प्रदान गरियो। दोस्रो खेलमा युकेएफसी अनि युनाइटेड मकैबारी एफसीमाझ खेलियो।
खेलको समयसीमा समाप्तसम्म दुवै दल गोलरहित रह्यो। यस खेलको उत्कृष्ट खेलाडीको सर्टिफिकेट युनाइटेड मकैबारी एफसीका राजीव छेत्रीलाई केएफए कार्यकारिणी सदस्य आनन्द राईद्वारा प्रदान गरियो भनी केएफएका सचिव सुदिप राईले जानकारी गराएका छन्।









