खरसाङ खण्ड पञ्चायत समितिमा भाजपाबाट सहकारी सभापति अरुणा छेत्री प्रधानसहित चारजना कर्माध्यक्षहरु चयन

IMG-20260924-WA0091

खरसाङ: खरसाङ खण्ड पञ्चायत समितिमा भारतीय जनता पार्टीको सहकारी सभापतिसहित विभिन्न विभागका कर्माध्यक्षहरू चयन सम्पन्न भएका छन्। उक्त चयन प्रक्रियामा सहकारी सभापति अरुणा छेत्री प्रधान लगायत विभिन्न विभागका लागि कर्माध्यक्षहरुमा पूर्त अर्थात् लोक निर्माण विभाग (पीडब्ल्युडी) मा दिल्पसना तामाङ, जन स्वास्थ्य विभागमा दिक्षा तामाङ, वन तथा भूमि विभागमा रोमा ठटाल र कृषि विभागमा स्नेह बरदेवा चयन भएका छन्। यसबाहेक भारतीय जनता पार्टीमा पहिलेबाट नै समर्थन जनाएका कर्माध्यक्षहरुका विभागहरु यथावत् रहने जानकारी प्राप्त भएको छ। खरसाङ खण्ड पञ्चायत समितिमा पहिलेबाट नै विकास थापा पञ्चायत समिति सभापतिको रुपमा चयन भईसकेका थिए भने बिहीबार एकजना सहकारी सभापति र चारजना नयाँ कर्माध्यक्षहरु निर्विरोध चयन भएका छन्। चयन भएका सबैलाई भारतीय जनता पार्टीको तर्फबाट खदा लगाएर बधाई तथा शुभकामना व्यक्त गरिएको छ।

यस चयन प्रक्रिया र नयाँ पदाधिकारीहरु नियुक्ति विषयमा पत्रकारहरुसित कुराकानी गर्दै खरसाङ खण्ड पञ्चायत समितिको सभापति विकास थापा, सहकारी सभापति अरुणा छेत्री प्रधान र दार्जिलिङ जिल्ला भाजपा सचिव बिनय प्रसादले खरसाङ खण्ड पञ्चायत समितिमा भारतीय जनता पार्टीको बोर्ड गठन गरिएको र यसमा सभापति पहिलेबाट नै चयन भएको अनि बिहीबार नयाँ सहकारी सभापति र चारजना कर्माध्यक्षहरु चयन गरिएको र अब भारतीय जनता पार्टीको बोर्डले खरसाङ खण्डका जनताको लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

About Author

Advertisement