अन्तर कार्यालय लीग फुटबल अन्तर्गत विद्युत विभाग बी अनि आकाशवाणी खरसाङ विजयी

photocollage_202692419280507

खरसाङ: खरसाङको मन्टिभियट खेल मैदानमा भईरहेको स्व लुते सिंग सार्की विजेता अनि स्व सुखमाया सार्की उप विजेता त्रिस्तरीय फुटबल प्रतियोगिता अन्तर्गत बिहीबार अन्तर कार्यालय लीग फुटबल लीगको दुईवटा खेलहरुमा खरसाङ विद्युत विभाग बी अनि आकाशवाणी खरसाङ विजयी भएका छन्। बिहीबार भएको प्रथम खेल खरसाङ विद्युत विभाग बनाम खरसाङ कोर्टमाझ सम्पन्न भयो। चरम उत्तेजनाले भरिएको यस खेलमा अन्तिम चरणमा पाएको मौकाको फाइदा उठाउँदै अन्ततः खरसाङ विद्युत विभागले यो खेल १ को विरुद्ध २ गोल गरी जितेर दोस्रो चरणमा प्रवेश गरेको छ। यस्तै प्रकारले दिनको दोस्रो खेल आकाशवाणी खरसाङ अनि एसआई स्कूलमाझ सम्पन्न भएको थियो। यस खेलको प्रथम हाफको समाप्तिसम्म आकाशवाणी खरसाङ अनि एस आई स्कूल १-१ गोलले बराबरीमा समाप्त भएको थियो भने दोस्रो हाफको खेलमा भने आकाशवाणी खरसाङका खेलाडीहरूले दर्शनीय खेलको प्रदर्शन गर्दै अन्तमा यो खेल आकाशवाणी खरसाङले १ को विरुद्ध 4 गोल गरी विजयी बने भने पुल डीबाट शीर्ष स्थानमा रहँदै नक आउट राउण्डमा प्रवेश गरेको छ। आफ्नो उच्च स्तरीय खेल अनि दर्शनीय गोलको गर्ने आकाशवाणी खरसाङका नर्बु छिरिङ शेर्पालाई उक्त खेलको सर्वश्रेष्ठ खेलाडी घोषित गरियो। तिनलाई खरसाङ महकुमा खेलकूद संघका अध्यक्ष मोहन योञ्जनको बाहुलीबाट प्रमाण पत्र प्रदान गरियो। अब शुक्रबार २५ सेप्टेम्वरको दिन अन्तर कार्यालय फ्रेन्डशिप कप लीग अन्तर्गत दुईवटा खेलहरु हुनेछ, जसमा एआई स्कूल बनाम एयर फोर्स अनि दोस्रो खेलमा विद्युत विभाग बी बनाम दार्जीलिङ हिमालयन रेलवे कार्यालयमाझ हुनेछ। ज्ञात रहोस् अण्डर १४ बोयज अनि गर्ल्स ओपन खेलको फाइनल आगामी २ अक्टोबरको दिन हुनेछ भने अन्तर कार्यालय फ्रेन्डशिप लीग कम नक आउट फुटबल प्रतियोगिताको फाइनल 3 अक्टोबरमा हुनेछ। आजको खेलहरूको सञ्चालन जिग्मी खोगन गुरुङ, मदन राई अनि अमित सार्कीले गरेका थिए। आजको खेल विषय यस प्रतियोगिताका संयोजक एवं खरसाङ महकुमा खेलकूद संघको उपाध्यक्ष फुर्बा घिसिङले विस्तृत जानकारी दिएका छन्।

About Author

Advertisement