खरसाङ अग्निकाण्डबारे गोरामुमो टोलीद्वारा विद्युत् प्राधिकरणमा ज्ञापन पत्र

dca01c09-9270-4910-a341-b52babeb6dac

खरसाङ: खरसाङ बजारमा गत ४ अक्टोबर राति भएको आगलागीबाट तीनवटा घर क्षतिग्रस्त भएपछि घटनाको छानबीन तथा पीडित परिवारलाई क्षतिपूर्तिको माग गर्दै गोर्खा राष्ट्रिय मुक्ति मोर्चा खरसाङ ब्राञ्च कमिटीले विद्युत् प्राधिकरणसमक्ष ज्ञापन पत्र बुझाएको छ। पीडित परिवारले विद्युत् खम्बामा भएको सर्ट सर्किटका कारण आगलागी भएको जानकारी गोरामुमो खर्साङ ब्राञ्च कमिटीलाई गराएपछि ब्राञ्च अध्यक्ष निमा लामाको नेतृत्वमा पार्टी प्रतिनिधि तथा गोर्खा राष्ट्रिय नारी संगठनका प्रतिनिधिहरूको टोली पीडित परिवारका सदस्यहरूसहित खरसाङ विद्युत् प्राधिकरणको कार्यालय पुगेका थिए। टोलीले सम्बन्धित अधिकारीसँग भेट गरी घटनाबारे विस्तृत जानकारी गराउँदै ज्ञापनपत्रसमेत बुझाएको हो। ज्ञापन पत्रमार्फत सम्बन्धित विभागले घटनास्थलको निरीक्षण गरी आगलागीको वास्तविक कारणबारे आवश्यक छानबिन गर्नुपर्ने तथा आगलागीबाट प्रभावित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने माग राखिएको छ। गोरामुमो खर्साङ ब्राञ्च कमिटी अध्यक्ष निमा लामाले पीडित परिवारलाई न्याय दिलाउन सम्बन्धित विभागले घटनालाई गम्भीरतापूर्वक लिएर आवश्यक पहल गर्नुपर्ने बताएका छन्।

About Author

Advertisement