खरसाङमा प्रजातान्त्रिक असंगठित श्रमिक संगठनकाे सभा सम्पन्न

IMG-20240121-WA0198.jpg

खरसाङ: प्रजातान्त्रिक असंगठित श्रमिक संगठनकाे सभा आज खरसाङ शहरस्थित संगठनको कार्यालयमा अध्यक्ष एल्जिन ब्राह्माण्डको अध्यक्षतामा सम्पन्न भयाे। गत केही हप्ता अघि खरसाङमा सम्पन्न भएको भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा केन्द्रीय को-अर्डिनेशन कमिटीले दिएका दिशा निर्देशहरुको विषयमा सदस्यहरुलाई अवगत गराइएको छ। सभामा पार्टी अध्यक्ष अनित थापाले दिएका हरेक कार्यक्रमहरुमा सहभागी भई सांगठनिक रुपले मजबुत गरिने दिशापट्टि पनि चर्चा गरियाे भने संगठनका सह सचिव रञ्जन तामाङले सञ्चालन गरेकाे सभामा काेषाध्यक्ष प्रभाकर सार्की, सह सचिव निमा तामाङ, विकास सार्की साथै अन्यले सांगठनिक विषयमा वक्तव्य दिएका थिए। वक्ताहरूले दैनिक काम गरेर खाने सम्पूर्ण साथी भाईहरु संगठनसित जाेडिनुपर्छ। हामी एक भयाैं भने हामीले साेचेको सबै कुराहरु प्राप्त गर्न सकिन्छ। साधारण मानिसदेखि लिएर उच्च ओैहोदामा रहेका अधिकारीहरुले पनि हामीलाई सहयाेग गर्छ संगठनलाई परिवार झैं माया गर्नुपर्ने आफ्नो ठाउँमा आएका विकासकाे कार्यहरुमा सहभागी बन्नुपर्छ। मतपान गरेर कामतिर नजाने र केही गुनासो छ भने कार्यालयमा आएर भन्ने साथै हामी संगठनबाट के गर्नु सकिन्छ गरेका हुनेछाैं भनी श्रमिक संगठन अध्यक्ष एल्जिन ब्राह्मण सभामा जनाए। सभामा सात घुम्ती दिलाराम खरसाङ शहरी क्षेत्रहरुबाट आजको सभामा उपस्थित भएका थिए।

About Author

Advertisement