उत्तराखण्डमा मेघालय, मणिपुर र त्रिपुराको राज्य स्थापना दिवस पलान

Uttarakhand-copy.jpg

देहरादून: उत्तराखण्डकाे राजभवनमा आइतवार मेघालय, मणिपुर र त्रिपुराको राज्य स्थापना दिवसमा कार्यक्रम आयोजन गरियो। कार्यक्रममा राज्यपाल लेफ्टिनेन्ट जनरल गुरमीत सिंह (सेनि) सहभागी बने।

कार्यक्रममा यी राज्यका उत्तराखण्डमा बस्दै आएका नानीहरू सहभागी बनेर विभिन्न सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरे। राज्यपालले उपस्थित नानीहरूलाई राज्यको तर्फबाट बधाई दिए। राज्यपालले आफ्नो सम्बोधनमा भने, पूर्वोत्तरका यी राज्यहरू एकदमै रमणीय र नैसर्गिक सौन्दर्यले परिपूर्ण छन्। उनले पूर्वोत्तरका यी राज्यहरूमा लामो समयसम्म काम गर्ने अवसर प्राप्त भएको र यी राज्यहरूसॅंग उनको गहिरो लगाउ रहेको बताए।

उनले यी राज्यहरूमा कला, संस्कृति र लोक नृत्य आदिसॅंग राम्ररी परिचित रहेको र यसको देशभरि नै भिन्नै स्थान छ। उनले आफ्नो सम्बोधनमा यी राज्यहरूमा आफ्नो संस्मरणहरू पनि साझा गरे। उनले भने, भारतमा विभिन्न राज्यहरूको गठन र विभाजन भारतको सांस्कृतिक विविधता र विकासप्रति गहिरो आकांक्षाको परिचायक हो।

About Author

Advertisement