स्वास्नीको हत्या गरेको लोग्नेविरुद्ध अभियोग

Capture-8.jpg

सिलगढी: स्वास्नीको हत्या गरेको लोग्नेविरुद्ध अभियोग उठेको घटना मतिगढा थाना अन्तर्गत शिवमन्दिर हलेमाथा इलाकामा घटेको हो। मृतक गृहिणीको नाम सुमन साहा बताइएको छ। घटनापछि पुलिसले आरोपी लोग्ने सुमित साहालाई हिरासतमा लिएको छ। सुमन साहाको भाउजुले बताएअनुसार गत २०१० -मा सुमित र सुमनले लभ म्यारेज गरेको थियो। दुवैको एउटी छोरी छन्। बिहेको केही वर्षपछि सुमित र तिनका परिवारका सदस्यहरूले सुमनमाथि मानसिक तथा शारीरिक अत्याचार गर्ने गर्दथ्यो। गत राति सुमितले फोन गरेर सुमनलाई स्ट्रोक भएकोले गर्दा मतिगढास्थित एउटा गैर सरकारी अस्पतालमा भर्ना गरेको कुरा बताएको थियो। खबर सुनेपछि सुमनको बाबु, दाजु, भाउजु र आफन्तहरू अस्पताल पुगेपछि सुमनलाई मृत अवस्थामा अस्पतालमा ल्याइपुर्‍याएको कुरा थाहा पाए। यसपछि मृतकको परिवारका सदस्यहरूले मतिगढा थानामा लोग्ने सुमितले स्वास्नी सुमनको हत्या गरेको भन्दै लिखित अभियोग दर्ता गरेपछि अभियोगको आधारमा पुलिसले लोग्नेलाई हिरासतमा लिएको छ। मतिगढा थाना पुलिसले घटनाको जाँच शुरू गरेको छ।

About Author

Advertisement