खरसाङमा पनि निकालियो जगनाथ रथयात्रा

IMG-20230620-WA0315.jpg

खरसाङ: आज खरसाङमा जगनाथ रथयात्रा निकालिएको छ। खरसाङको नयाँ बजारस्थित पुरानो जगनाथको मन्दिर परिसरबाट निकालिएको उक्त रथयात्रा खरसाङको मोटर स्ट्याण्ड हुँदै हिल कार्ट रोड भएर अस्पताल मोडदेखि वर्ध्दमान रोड हुँदै मोटर स्ट्याण्ड फर्केर पुन: जगनाथ मन्दिरमा पुगेर पूजा अर्चना सम्पन्न गरिएको छ। अखण्ड हरि संकीर्तन समिति खरसाङको आयोजनामा सम्पन्न उक्त जगनाथ रथ यात्रा अन्तर्गत बिहान १० बजे अटका महाप्रसादको भाग लगाउने कार्य सम्पन्न गरिएको थियो। त्यसरी नै बिहान ११ बजे श्रीविग्रहलाई रथमा चढ़ाएर रथयात्रा निकालिएको थियो। उक्त जगनाथ रथयात्रामा नेपालको झापास्थित बिर्तामोड़बाट नौमति बाजाको महिला टोली अनि डुवर्सको आमवाडीबाट हरि संकीर्तन टोलीले हरि संकीर्तन प्रस्तुति दिएका थिए। रथ यात्रा अन्तर्गत दिउँसो ३ बजे नयाँ बजारस्थित मन्दिर परिसरमा पुगेर समापन गरिएको थियो भने समापनपछि मन्दिर परिसरमा आरती अनि अटका महाप्रसाद वितरण गरिएको थियो।

यस जगनाथ रथ यात्रामा आयोजक समितिको अध्यक्ष राजेन्द्र प्रसाद अग्रवाल लगायत अन्यहरू उपस्थित रहेका थिए। उक्त रथ यात्राको अघि पनि जगनाथ मन्दिर परिसरमा पूजा अर्चना गरी खरसाङको भजन कीर्तन समिति र जगनाथ मन्दिरको संयुक्त आयोजनामा सम्पन्न उक्त जगनाथ रथ यात्रा निकालिएको छ। यस जगनाथ रथ यात्रामा खरसाङ क्षेत्रका भक्तजन उपस्थित भएर सहभागी बनेका थिए। यस जगनाथ रथ यात्रा विषयमा पत्रकारहरूसित कुराकानी गर्दै रमेश प्रसाद र बिनय प्रसादले विस्तृत रुपमा जानकारी गराएका छन्।

About Author

Advertisement