खरसाङ (५ सेप्टेम्बर): भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको खरसाङ टाउन कमिटीद्वारा धारावाहिक रुपमा वार्डहरुलाई सांगठनिक स्तरमा सुदृढ़ बनाउने कार्यलाई निरन्तरता दिँदै खरसाङ नगरपालिकाको वार्ड नम्बर ८ मा सांगठनिक सभा सम्पन्न भएको छ। उक्त सभा खरसाङ टाउन कमिटीका अध्यक्ष बीरबल पाख्रिनकोे अगुवाईमा वार्ड नम्बर ८ काे शितलु बस्ती ग्राम जन कल्याण संघकोे समिति भवनमा सम्पन्न भएको छ। वार्ड नम्बर ८ का वार्ड अध्यक्ष सुभाष राईको अध्यक्षतामा सम्पन्न भएको सभालाई वार्डका वरिष्ठ सदस्य तथा टाउन कमिटीका कार्यकारीणी सदस्य कमल श्रीवालले सञ्चालन गरेका थिए। सभामा वक्तव्य राख्ने क्रममा क्रमशः टाउन कमिटीका सांगठनिक सचिव कुनाल छेत्री, अध्यक्ष बीरबल पाख्रिन, मूल सचिव राजु सेवा, खरसाङ नगरपालिकाका पूर्व पार्षद मेम्बा योञ्जन, वार्डका वरिष्ठ सदस्य डीबी लामा लगायत वार्ड नंम्बर ८ नारी शक्तिका सदस्य सविता मुखियाले वक्तव्य राखेका थिए। सभामा सभाध्यक्षले आफ्नो सम्भाषण राखेका थिए। सभामा टाउन कमिटीका सह सचिव रमोद गुरुङ,सल्लाहकार किशोर लिम्बु लगायत कार्यकारीणी सदस्यहरु, वार्ड नम्बर ८ का प्यारेन्ट्स बडी, नारी शक्ति अनि युवा शक्तिका प्रतिनिधि अनि सदस्यगण उपस्थित थिए भनी जानकारी प्राप्त भएको छ।





