सोनादा (५ सेप्टेम्बर): कोठीडाँडा सेवा समिति रंगबुलको तत्त्वावधानमा विगत वर्षहरू झैँ यस वर्ष पनि श्री श्रीकृष्ण जन्माष्टमी उत्सव आयोजना गरियो। बिहानैदेखि चलेको पूजापाठ दिनभरि नै चल्यो साथै बेलुकीको कार्यक्रम भजन, संकृति कार्यक्रम साथै सम्वर्ध्दना कार्यक्रमको साथमा सम्पन्न भयो। सरगम बराइलीको सभापतित्वमा सम्पन्न भएको उक्त समारोहमा समितिका सचिव प्रकाश राईले स्वागत सम्भाषण राखेका थिए। पुनम मुखियाद्वारा सञ्चालन गरिएको कार्यक्रममा सर्वप्रथम सुमिरा थापा अनि नानीहरूले भजन गाएर कार्यक्रमको शुरुवात गरिएको छ। विविध सांस्कृतिक तथा रचनात्मक कार्यक्रमहरूले भरिपूर्ण रहेको उक्त उत्सवमा कोठीडाँडा सेवा समितिको भवन निर्माणका निम्ति भूमि दान गर्ने स्वर्गीय दिपक सुब्बा तथा स्वर्गीय मिनु सुब्बाको योगदानलाई स्मरण गर्दै परिवार पक्षलाई सम्मान पत्रद्वारा विशेष सम्मान प्रदान गरियो। यसका साथै यस समाजलाई ‘कोठीडाँडा’ भनी नामकरण गर्ने पार्वती सुब्बालाई पनि विशेष सम्वर्ध्दना पत्र प्रदान गरियो। कार्यक्रममा स्थानीय नानीहरूले सुन्दर नृत्य र गायन प्रस्तुत गरेर माहोललाई सङ्गीतमय बनाएका थिए। सोही अवसरमा आईसीसी , सीबीएसई परीक्षामा उत्कृष्ट अंकले उत्तीर्ण हुने विद्यार्थीहरूलाई प्रोत्साहनस्वरूप विशेष सम्बर्ध्दना र बधाई पत्र प्रदान गरियो। कार्यक्रममा ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरूले समेत आफ्नो सुमधुर गीत प्रस्तुत गर्दै गायन कलाको उत्कृष्ट प्रदर्शन गरेका थिए। सुखमा होस् या दुःखमा मिठो भोजन पकाएर समाजलाई सेवा पुराउने युवाहरुलाई पनि समाजद्वारा सम्मान जनायो। नारी कल्याण विकास दललाई समाजकाे हलकाे निम्ति पर्दाहरु दिएकोमा सम्मान जनायो। कार्यक्रमको मुख्य आकर्षणका रूपमा कोठीडाँडा सेवा समिति अन्तर्गतका सेल्फ हेल्प ग्रुपहरूबीच एउटा रोचक नृत्य प्रतियोगिता आयोजना गरिएको थियो जसमा पाँचवटा समूहहरू नारी शक्ति, आस्था, नारी कल्याण विकास, समय, संस्कृतिले क्रमैले सिथ प्रदर्शनी दियो जसमा प्रथम नारी कल्याण विकास दोस्रो आस्था तेस्रो नारी शक्ति सेल्फ हेल्प ग्रुप रह्यो। कार्यक्रमको अन्त्यमा सभापति सरगम बराइलीद्वारा यस्तो राम्रो प्रकारले पूजा गरिएकोमा पण्डित जीवनाथ आचार्यलाई धन्यावाद दिँदै साथै उपस्थित सम्पूर्ण अतिथि, समाजका सदस्यहरू प्रतिभा र सहयोगीहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै औपचारिक कार्यक्रमको समापन गरियो। राति ठीक बजी बजे विधिवत् रूपमा श्रीकृष्ण जन्माष्टमीको शुभ जन्मोत्सव मनाउँदै यस वर्षको श्री कृष्ण जन्माष्टमी कार्यक्रम सफलतापूर्वक सम्पन्न गरियो भनेर सरगम बराईलीद्वारा जानकारी गराइएको छ।





