खरसाङको वार्ड नम्बर एकमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाकाे सांगठनिक सभा सम्पन्न

IMG-20240905-WA0203

खरसाङ: खरसाङको वार्ड नम्बर एकमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ टाउन कमिटीको सांगठनिक सभा भिक्टोरिया ग्राम सुधार समिति भवनमा समितिको सभापति प्रताप थापाको अध्यक्षतामा सम्पन्न भएको छ। सभालाई टाउन कमिटीको प्रसार प्रचार सचिव सञ्जय राउतले सञ्चालन गर्दै सभाको औचित्य विषय लिएर सबैलाई अवगत गराए। सभामा टाउन कमिटी युवा शक्तिका कार्यवाहक अध्यक्ष बन्धन लामाले सभामा वार्डको युवा शक्तिलाई प्रतिनिधित्व गर्ने प्रतिनिधिलाई नदेखिएकोमा खेद प्रकट गरे। उनले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा पहाड़कोे रूलिङ पार्टी हो विपक्ष होइन र यसलाई उज्यालो बनाउने कार्य हामीले नै गरेको हुनुपर्छ भनी बताएका छन्। उनले खरसाङवासीले गर्व गर्नुपर्छ किनभने जीटीएका मुख्य कार्यपाल हाम्राे खरसाङकै हुन् भन्दै जती बेला गए पनि जनताको समस्याको लागि उनको दैलो सबैकोे निम्ति खुला राखी दिएको हुन्छन भन्दै युवाहरूलाई उनले विशेष रूपमा अघि आएर संगठनलाई बलियाे बनाउन हेतु कार्य गरिदिने आग्रह गरे। सभामा केन्द्रीय कमिटीका सदस्या तथा महकुमा समितिका सल्लाहकार प्रभा छेत्रीले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा अध्यक्षको सोचले गर्दा नै उनले जनताकोे हितमा सबै क्षेत्रमा विकासमूलक कार्यहरु गरेर जनताकाे आकांक्षा जनताकोे मन राख्ने कार्य लगातार गरिरहेका छन्। तर यसरी निःस्वार्थ कार्य गर्दा पनि आज बजारमा पानीकोे भल बगे पनि उनलाई गाली गर्ने गर्छन् र कुनै घटना घटे उनलाई गाली गर्ने गर्छ यो सबै अनित थापाकाे सफतालाई गाली गरेको हाे भनी बताइन्। उनले विपक्षीहरुले उनलाई कस्तो प्रकारले हुन्छ वहाँलाई उनको सफलताबाट हटाऊँ भनी यी सबै कार्य गरिरहेको आरोप लगाइन्। सभामा टाउन कमिटीका कार्यवाहक सचिव बीरबल पाख्रिनले यो सांगठनिक सभा एउटा विशेष उद्देश्य लिएर राखेको हो बताए। उनले ‘भनिन्छ बग्ने पानीले छेउ लाग्छ भने जमेको पानीमा लेऊ लाग्छ र भारतीय गोर्खा प्रजातन्त्रिक मोर्चा चै बग्दै गरेको अनित थापाकोे कुशल नेतृत्वले गर्दा नै पहाड़मा चारैतिर विकासकोे मूल फुटेको र यो मूललाई बचाऊ़न दायित्व पहाड़को जनता कोे हो भनी बताउँदै नगरपालिका, जीटीएले जनताकोे निम्ति दिनरात कार्य गरिरहेका छन् भनी बताएका छन्। उनले पार्टी अध्यक्ष अनित थापाकाे हात बलियाे बनाउनकोे निम्ति सबैले संगठनलाई बलियाे बनाउनकोे निम्ति निष्ठापूर्वक कार्य गर्नुपर्छ भनी बताए। सभामा सभासद श्याम शेर्पाले वार्ड नम्बर एकमा विभिन्न पाखामा वार्डवासीको निम्ति भएको विकासमूलक कार्यहरु, सेक्सन पाखाकाे झोडा साथै पिउने पानीकोे समस्या समाधान हेतु जीटीएद्वारा बनाइएको पानीकोे ट्यांकी साथै त्यहाँकोे निम्ति चाँढै सार्वजनिक भवनकोे निर्माण हेतु पहल भईसकेको बताए। त्यसरी नै हडको क्वाटर (अम्बेडकर गाउँ)कोे शिव मन्दिरको मरमत्ति जीटीएद्वारा भएको साथै त्यहाँ भएको सानो खेल मैदानकोे विस्तार हेतु सभासद फण्डबाट केही छुट्याएर राखी दिएको थिए बताए। यसको जानकारीसंगै भिक्टोरिया पाखामा झोडाकोे काम भयो भनी बताएका छन्। सभासद श्याम शेर्पाले विगतमा सिस्टममा धेरैं गल्ती भएको हाेला र त्यसैकोे परिणाम हामीले विगतकोे चुनावमा देख्न पायौं र अब जति पनि कार्य जनताकोे हितमा हुन्छ त्यो सबै सिस्टममा हुनेछ र कुनै पनि कार्य, समस्या वार्ड कमिटीकाे सहमति भए पश्च्यात टाउन कमिटी र समष्टिमार्फत पास भए पश्च्यात कुन कार्य जरूरी छ त्यसलाई गरिनेछ। अब वार्डका दुईजना चारजना मिलेर कार्य गर्नु पाउने छैन भनी बताएका छन्। सभामा मुख्य वक्ताको रूपमा पर्यवेक्षक समीरदीप ब्लोनले आफ्नो सम्बोधनमा २०१७ मा निस्केको भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा राजनीतिक पार्टी हो र चुनावकोे घाेषणा पत्रमा भनेको पहिलो प्रस्ताव गोर्खाल्याण्डको मुद्दा जीटीएमा पारित गरेर पठाउनेछौँ, पञ्चायतराज फर्काएर ल्याउँछौँ, स्कूल सर्विस कमिसन लागू गराउँदछौं भन्ने कुराहरू सबै जनताकोे हितमा पुरा गरिएको बताएका छन्। उनले पार्टीले संगठनको धरातलकोे सही जानकारी लिएर रिपोर्ट बुझाउन भनेर पर्यवेक्षक राखेको छ र विगतमा भएको अन्य वार्ड लगायत वार्ड नम्बर एकमा सङ्गठनमा नारीहरूको बहुमत देखेर पर्यवेक्षक समीरदीप ब्लोनले यूवाहरुलाई अघि आउने आग्रह गरेका छन्। सभामा वार्डका नारी शक्तिका अध्यक्षा प्रतिमा लेप्चा अनि वार्ड को-अर्डिनेटर विकास तामाङले वार्डकोे समस्याहरुसँग उपस्थित सम्पूर्ण नेतृत्वलाई अवगत गराउँदै आ आफ्नो सांगठनिक वक्तव्य राखेका थिए। अन्त्यमा सभाध्यक्षले आफ्नो सम्भाषण राखेका थिए। यस सांगठनिक सभामा टाउन कमिटी प्यारेन्ट्स बडीका सह सचिव संजय मुखिया, सांगठनिक सचिव रंजन गजमेर, कोषाध्यक्ष राजेन प्रधान, कार्यकारिणी सदस्य विजय गुरुङ्ग, रवि टोलंगी, रतन शेर्पा, विषन तामाङ्ग, पवन राई, टाउन कमिटी नारी शक्तिका अध्यक्ष देवकी सुब्बा प्रधान, सह सचिव सोनी राउत, टाउन कमिटी युवा शक्तिका कार्यवाहक अध्यक्ष बंधन लामा, सह सचिव दीपेन राई सांगठनिक सचिव अमित थापा,कार्यकरिणी सदस्य अमित लामा अनि नयन गुरूङ उपस्थित थिए।

About Author

Advertisement